इलाम : किरात याक्थुङ चुम्लुङ देउमाई नगर अध्यक्षमा पूर्णचन्द्र फियाक निर्वाचित भएका छन् ।
शनिबार मंगलबारेमा भएको चुम्लुङको दोस्रो नगर अधिवेशनबाट फियाक अध्यक्षमा निर्वाचित भएका हुन् ।
अधिवेशनले फियाकको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । समितिका उपाध्यक्षमा मुनाकिरण लिङदम र दिनेश तुम्बाहाम्फे, सचिवमा अम्विका लिम्बू, सहसचिव हेमराज लोरिङदेन र सन्तोष लिम्बू एवम् कोषाध्यक्षमा गजेन्द्र लिम्बू निर्वचित भएका छन् ।
सदस्यरु एल्जिना लिम्बू ,कमल लिम्बु, कल्पना लिम्बू, विर्खबहादुर लिम्बू, सुजन लिम्बू, मनिषा लिम्बू, सुप्रिया लिम्बू ,पूर्णिमा लिम्बू र पूजा लिम्बू निर्वाचित भएका छन् ।
अधिवेशन तत्कालिन अध्यक्ष लालबहादुर आङदेम्बेको अध्यक्षतामा इलाम अध्यक्ष बुद्धमाया सोङ्मीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।