इलामको १० पालिकामा यी हुन् निर्वाचन अधिकृत

  नयाँ बुलन्द
693 Shares

इलामको १० पालिकामा यी हुन् निर्वाचन अधिकृत

इलाम : स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकेको छ। आयोगले देशभर ६७६ निर्वाचन अधिकृत नियुक्त गर्दा इलाममा मुख्य अधिकृतको रुपमा जिल्ला अदालत इलामका जिल्ला न्यायधिश हरिश्चन्द्र इङ्नामलाई नियुक्त गरेको छ ।

२०७९ वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ७ बमोजिम राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृत स्तरका कर्मचारीलाई मिति २०७८ चैत २९ देखि लागु हुनेगरी निर्वाचन अधिकृत नियुक्त गरिएको आयोगले जनाएको छ।

नियुक्त भएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूले गोरखापत्रमा आज प्रकाशित सूचनालाई आधार मानी तोकिएको स्थानमा हुने निर्वाचन व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रममा अनिवार्य सहभागी हुन आयोगले निर्देशन समेत दिएको छ।
यी हुन् १० पालिकाका निर्वाचन अधिकृत
आयोगले चुलाचुली गाउँपालिकामा भुमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका उपसचिव तेजप्रकाश प्रसाईलाई निर्वाचन अधिकृत तोकेको छ । देउमाईमा जिल्ला समन्वय समिति इलामका समन्वय अधिकारी हरि बहादुर दाहाल, फाकफोकथुम गाउँपालिकामा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव पुष्पराज कट्वाल, माई नगरपालिकामा इलाम जिल्ला अदालतका श्रेस्तेदार फणिन्द्रराज भट्टराई, रहेका छन् ।

माईजोगमाई गाउँपालिकामा मालपोत कार्यालय इलामका प्रमुख मालपोत अधिकृत प्रेमकुमा काफ्लेलाई निर्वाचन अधिकृतको जिम्मेवारी दिएको छ । त्यसैगरी माङसेबुङ गाउँपालिकामा प्रशासकिय अदालतका उपरजिस्टार घनेन्द्र अधिकारी, रोङ गाउँपालिकामा सर्वोच्च अदालतको इजलास अधिकृत उषा श्रेष्ठ रहेका छन् ।

सन्दकपुर गाउँपालिकामा जिल्ला सरकारी वकिल कार्यालय इलामका मुख्य न्यायधिवक्ता राजेन्द्र बहादुर बस्नेत र सूर्योदय नगरपालिकामा उच्च अदालत विराटनगर इलाम इजलासका रजिस्टार लोकबहादुर हमाललाई नियुक्त गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार