इलाम ट्राफिक प्रहरीलाई जनचेतनामूलक बोर्ड प्रदान

  नयाँ बुलन्द  422 पटक हेरिएको

माईमा प्रहरीलाई जनचेतनामुलक बोर्ड हस्तान्तरण

माई । युवा शसक्तिकरण नगर सञ्जाल माई नगर इलामले दुर्घटना न्यूनीकरणका ट्राफिक प्रहरीलाई २९ थान जनचेतनामूलक बोर्ड प्रदान गरेको छ । नगर प्रमुख दीपक थेवे र जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामका प्रमुख जनक तिम्सिनाको उपस्थितिमा लोदिया प्रहरी चौकी इन्चार्ज पदम सुन्दर लिम्बू र ट्राफिक प्रहरी एकेन्द्र चौहानलाई संयुक्त बोर्ड हस्तान्तरण गरिएको हो।

 

सञ्जालले ४ थान व्यारीकेटर, १३ थान पार्किङ निषेध बोर्ड र १२ थान होडिङ बोर्ड सितली र शुक्रबारे बजार क्षेत्रमा राखिसकिएको नगर सञ्जाल अध्यक्ष दीपेन्द्र सुब्बा (संगम) ले जानकारी दिए।  हस्तान्तरण कार्यक्रममा सञ्जाल सचिव पवित्रा बुर्जा मगर, उपाध्यक्ष बुद्ध राज योङहाङ लगायत स्थानीय यातायात ब्यबसायी,बुद्धिजीवी लगायत सर्वसाधारणको उपस्थिति रहेको थियो ।

उक्त कार्यको लागि माई नगरको आर्थिक सहयोग र नेपाल प्रहरीको सहकार्य रहेको जनाइएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार