इलाम : इलामको माङसेबुङमा माटो परिक्षण शिविर सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र इलाम को चालू आर्थिक बर्ष ०७८/०७९ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत माटो परिक्षण शिविर जिल्लाको माङसेबुङ गाउँपालिका वडा न-१ गजुरमुखी (देउमाइ किनार) मा गत बुधबार सम्पन्न भएको हो।
शिविरमा पालिकाका ५० भन्दा बढी किसानहरूको माटो जाँच गरिएको कृषि ज्ञान केन्द्र इलामका प्रमुख टोनी बर्देवाले जानकारी दिए ।
माटो जाचको रिपोर्ट केही दिनमा प्रकाशित हुने प्रमुख बर्देवाको भनाई छ । रिपोर्ट प्रकाशित भएपश्चात सम्बन्धित वडामा रिपोर्ट पठाइने बताईएको छ ।
किसानहरूले वडा कार्यालय, कृषि ज्ञान केन्द्र, कार्यलयको आधिकारिक फेसबुक पेजबाट समेत रिपोर्टको जानकारी पाउने छन । शिविर कृषि ज्ञान केन्द्र इलामको आयोजनामा सम्पन्न भएको थियो।