नेपाल रेडक्रस साेसाईटी सिहबाहिनी उपशाखाको साधारणसभा सम्पन्न

  नयाँ बुलन्द  283 पटक हेरिएको

इलाम : नेपाल रेडक्रस साेसाईटी सिहबाहिनी उपशाखा इलामकाे १६ अाै बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

उपशाखा सभापति राजिव न्याैपानेकाे अध्यक्षतामा सम्पन्न सभामा इलाम शाखाका सस्थापक सभापति स्व नन्द प्रसाद शिवाकाेटीलाइ मरणाेपरान्त सम्मान गरिएको थियाे ।

सभामा उपशाखा सचिव कमल मैनालीले बार्षिक प्रगति प्रतिवेदन र काेषाध्यक्ष कमल भण्डारीले अार्थिक प्रतिवेदन प्रस्तुति गरेका थिए ।

सभामा ने रे साे इलामका सभापति शिव प्रसाद गाैतम्, निवर्तमान सभापति देवी प्रसाद गाैतम् उपसभापति रतन चाैधरी, मंत्री रविन्द्र प्रसाद श्रेष्ठले रेडक्रसका गतिविधि र कामबारे चर्चा गरेका थिए ।

कार्यक्रम शनिबार इलामको भञ्ज्याङमा आयोजना गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार