इलाममा मेयरको चर्चा , को बन्ला अबको प्रमुख ?

इलाम : आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको चुनावले यति बेला गाउँदेखि केन्द्रसम्म माहोल तातेको छ । देशभर एकैपटक हुन लागेको स्थानीय तहको चुनावले नेता–कार्यकर्तादेखि आम सर्वसाधारणमा एक प्रकारको माहोल सुरु भएको छ ।

विगतमा नेतृत्व लिन सफल नभएका नेता–कार्यकर्ता यसपटक जसरी पनि नेतृत्व हत्याउने रणनीतिमा लागेको देखिन्छ । नेतृत्व पाइसकेका राजनीतिक दलले आफ्नो निरन्तरताका लागि पाँच वर्षमा गरेका काम–कारबाहीको समीक्षा गर्दै आगामी दिन पुनः नेतृत्वमा पुग्ने रणनीति बुनेको देखिन्छ ।

कतिपय स्थानीयतहमा राजनीति दलको हाबीले आजित बनेका जनता भने अबाउँदो नेतृत्वले पनि जनताको पक्षमा काम गर्नेमा शंका गर्न थालेका छन् । कतिपय जनप्रतिनिधिको बिभेदकारी कार्यबाट आजित बनेका जनता ती जनप्रतिनिधिलाई बिदाइ गर्न पाउँदा खुसी देखिन्छन् भने साँच्चिकै जनताको सेवामा खटिएका जनप्रतिनिधिलाई नेतृत्वबाट हटाएर कस्तो नेतृत्व आउने हो भन्नेमा चिन्तित पनि छन् ।

हाल नेताका घरदेखि चोक–चोकमा निकै बहस हुने गरेको स्थानीय तहको निर्वाचनको बहस इलाम नगरपालिका भित्रका चोक गल्लीमा पनि व्यापक भएको पाइन्छ । व्यवसायीले सही नेतृत्व छान्न सके व्यापार गर्न सजिलो हुनेतिर बहस गरेको देखिन्छ भने किसानलाई किसानमैत्री नेतृत्व आए साँच्चिकै किसानका समस्या बुझ्ने थिए भन्ने लागेको पाइन्छ । बौद्धिक वर्गमा केन्द्रीय नेतृत्वसँग पहुँच पुर्याउन सक्ने नगरप्रमुख भए धेरै बजेट उपलब्ध गराएर समग्र नगरको विकास गर्न सक्ने नेतृत्वको खोजी रहेको देखिन्छ ।

निर्वाचनको मिति जति नजिकिदो छ । चुनावी चर्चा उतिकै चुलिदै गएको छ । अझ सत्तारुढ गठबन्धन दलका विषयमा चर्चा बढि रहेको छ । यही गठबन्धन चुनावसम्म कायम रहने र चुनावी मैदानमा उत्रने हो भने भावी चुनावी रणनीति के के बनाइनु पर्ला जस्ता विषयमा समेत छलफल हुन थालेको छ ।

नेपाली कांग्रेसका मात्रै तीन जना उम्मेद्वारले  मेयरको दावी गर्दै प्रचार शुरु गरेका छन् भने नेकपा एमालेका तर्फबाट पनि तीन जनाकै चर्चा छ ।

यता माओवादीबाट एक जनाले मेयरको दावी गरिरहेका छन् । नेपाली कांग्रेसबाट खगेन्द्र देवान, केदार थापा र राजेन्द्र शर्माको नाम चर्चामा छ । नेकपा एमालेबाट धिरेन चेम्जोङ , कृष्ण श्रेष्ठ, र नरेन्द्र नाथ भट्टराईको चर्चा छ भने माओवादीबाट प्रभाष शर्माको नाम अघि आएको छ ।

दलले आधिकारिक रूपमा उम्मेद्ववार घोषणा नगरे पनि सम्भावित उम्मेद्वारको चर्चा यतिबेला मतदाताको घरघरमा पुगिसकेको छ । पुर्ब प्रधानमन्त्रि र पुर्ब सभामुखको गृह जिल्ला भएकाले पनि यस जिल्लाको स्थानिय निकायको चुनाबलाई निकै महत्बका साथ हेरीएको छ ।

अझ भनौ इलामकै पुरानो नगरपालिका त्यसमा पनि सदरमुकामको यसैले पनि यो अन्य पालिका भन्दा महत्वका साथ हेरिने गरिन्छ । अझ यस पटक दलका प्रभावशाली नेता नै इलामको प्रमुख र उपप्रमुखको उम्मेद्वार हुने भएकाले पनि उनीहरुको चर्चा चुलिएको हो ।

कांग्रेस, एमालेका नेता कार्यकर्ताबीच मेयर र उपमेयर उम्मेद्वारको बहस दिन कटाउने मेलो बनेको छ यतिबेला । यसपटकको बाजी कस्ले मार्ने हो भन्ने सबैको चासोको विषय समेत बनेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार