इलामका विद्यालयहरुमा समुदाय प्रहरी साझेदारी कार्यक्रम

  नयाँ बुलन्द
126 Shares

इलाम : जिल्ला प्रहरी कार्यालय इलामले जिल्लाका सबै सामुदायिक विद्यालयहरुमा पुगेर समुदाय प्रहरी साझेदारी सचेतना कार्यक्रम सञ्चालन गरिरहेको छ। प्रहरीसंग साझेदारी कार्यक्रम जिल्लाका सबै स्थानीय तहमा रहेका विद्यालयहरुमा सञ्चालन भईरहेको हो ।

बुधवार युवा सशक्तिकरण नगर सञ्जाल इलामको आयोजना तथा जिल्ला प्रहरी कार्यालय इलामको सहकार्यमा माई नगरपालिकामा रहेको कन्काई माध्यमिक बिद्यालय र गरुवा बहुमुखी क्याम्पस दानाबारीमा समुदाय प्रहरी साझेदार कार्यक्रम सम्पन्न भएको छ।

विद्यार्थीहरुलाई विद्यालयमै भेटेर बिभिन्न विषयमा जानकारी गराईएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । अपराध न्युनिकरणमा विद्यार्थीहरुको समेत महत्वपूर्ण भूमिका रहेको भन्दै बिद्याथीलाई आधारभुत सुरक्षा, ट्राफिक नियम, लागुऔषध, साईबर अपराध, मानबेचबिखन लगायत विषयमा जानकारी गराउने गरेको प्रहरी उपरीक्षक श्रेष्ठको भनाई छ ।

जिल्लाका स्थाननियतहहरु सँग समन्वय गरेर सबै स्थानीय तहका विद्यालयका विद्यार्थीलाई कानुनी साक्षरता, बालविवाह, ट्राफिक सचेतना र साईबर अराध विषयमा जानकारी गराईने बताईएको छ । श्रेष्ठका अनुसार यो कार्यक्रम जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय र प्रहरीचौकीबाट समेत सञ्चालन भइरहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार