चुनावी चर्चा : इलाममा बलियो बन्दै कांग्रेस

  नयाँ बुलन्द
1k Shares

इलाम : सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरे संगै राजनीतिक दलहरु आ-आफ्ना अभियान र कार्यक्रम लिएर सर्वसाधारणको घर दैलो पुग्न थालेका छन, गाउँ  शहर चोक चौतारो तिर हुने भलाकुसारी तर्क वितर्क  सुन्दा चुनावको सरगर्मी बढेको सहज अनुमान लगाउन सकिन्छ। अघिल्नो  पल्ट चुनाव जितेका दल फेरी आफ्नो बर्चश्व कायम राख्न चाहन्छन भने प्रतिपक्षमा रहेका दलहरु  यो पल्ट स्थानीय सरकार आफ्नो पोल्टामा पार्न चाहन्छन । स्थानीय सरकारका रुपमा जनताले पुरानैलाई नवीकरण गर्छन कि नयाँलाई स्थापना गर्छन त्यो हेर्न भने बैसाख ३० नै कुर्नु पर्ने छ ।

चुनावको चर्चा संगै इलामाम पनि जनता आफ्नो पक्षमा पार्न दलिय नेता कार्यकर्ताहरुको दौडधुप बढेको छ, संगठन विस्तार देखि चुनाव लक्षित विभिन्न अभियानहरु आयोजना गर्दै  जनता सम्म पुग्ने बाटो खोजिरहेका छन दलहरु।  नेपाली कांग्रेस अहिले  निर्वाचन लक्षित कार्यक्रममा हाेमिएकाे  छ। लगातार जन भेटघाट र संगठन विस्तारको काममा जुटिरहेका कांग्रेसी नेता कार्यकर्ता भने यो पल्ट जिल्लाकाे दश वटै पालिकाे स्थानीय निर्वाचन आफ्नो पार्टीले जित्ने पक्का जस्तै भएको बताउछन।

स्थानीय तहको चुनावमा इलाममा गठबन्धन होला त ?

नेपालको संविधान जारी भएपछिको राज्य पुनः संरचनाबाट बनिएको स्थानीय तहमा दोस्रो कार्यकालका लागी निर्वाचन हुँदैछ । संघीय चुनाव पहिले की स्थानीय तह पहिले भन्ने गठबन्धन दलबिचको लामो छलफलपछि २०७९ साल बैशाख ३० गते चुनाव गर्ने सरकारको निर्णयले राजनीतिक सरगर्मी बढेको छ । सरकार र निर्वाचन आयोगको तयारीसँगै चुनावी मैदानका खेलाडी राजनीतिक दलहरु अहिले चुनाव केन्द्रित गतिविधिलाई तिब्रता दिएका छन् ।

केपि ओलीबाट भएको दूई पटकको संसद विगठनलाई सर्वोच्च अदालतले खारेज पछि गठबन्धन मार्फत संघीय र प्रदेश सरकार बनेका छन् । गठबन्धनमा नेतृत्व दलहरुले अहिले आफ्ना पार्टीका गतिविधिहरु गाउँगाउँमा संचालन गर्दै आएका छन् । विपक्षि नेकपा एमालेले पनि स्थानीय तह निर्वाचन केन्द्रित गतिविधिलाई तिब्रता दिएको छ ।

स्थानीय तहको निर्वाचन घोषणापछि गठबन्धन मार्फत जाने की एक्लाएक्लै चुनाव लड्ने प्रदेश र संघीय सरकारको नेतृत्व गर्ने दलहरुबिचमा एकमत छैन । नेकपा एमालेका नेता सुवास नेम्बाङ र नेकपा एकिकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको गृहजिल्ला रहेको इलाममा स्थानीय तहको निर्वाचन महत्वका साथ हेरिएको छ ।

नेपाली काग्रेसले अहिले संगठन मजबुत बनाउन एक महिने अभियान संचालन गरिरहेको छ । नेपाली काग्रेसको घर घर जाऔँ कांग्रेस जिताउँ अभियान अहिले पालिका, क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रमा संचालन भइरहेको हो । गठबन्धनको अर्को दल नेकपा एकिकृत समाजवादीले पनि संगठन विस्तारलाई प्रमुख प्राथमिता दिएर चुनाव केन्द्रित गतिविधि अघि बढाएको छ । नेकपा माओवादी केन्द्रले स्थानीय तहको चुनाव केन्द्रित हरेक पालिकामा चुनावी कमाण्डर समेत तोकेको छ । उपेन्द्र बाबुराम भट्टराईले नेतृत्व गरेको जनता समाजवादी पार्टीले पनि चुनावमा कसरी अघि बढ्ने बारे कार्यकर्तासँग छलफलमा रहेको पाइन्छ ।

गठबन्धनमा आवद्ध दलका नेता के भन्छन् ?

नेपाली काग्रेसले गठबन्धन गरेर वा एक्लै चुनाव लड्ने बिषयमा फरक फरक धारणा छन् । बाम पार्टीहरुको टुटफुट भएको अवस्थामा नेपाली काग्रेस पार्टी भित्र एक्लै चुनाव लड्नुपर्ने र गठबन्धन गरेर जानुपर्नेमा बराबर मत छ । तर काग्रेसले केन्द्रिय नितिपछि मात्रै आधिकारीक धारण राख्ने योजना बनाएको हो । जिल्ला सभापति डम्बर खड्काका अनुसार स्थानीय चुनावमा नेपाली काग्रेसलाई फाइदा हुने गरि गठबन्धन हुनेछ । नेपाली काग्रेसको हकमा केन्द्रिय कार्यसमितिको बैठकले देशैभर गठबन्धन गर्ने अवस्था छैन, सभापति खड्का भन्छन्–‘हामीले स्थानीय तहमा आफ्नो नेतृत्व स्थापित गर्नका लागि जुनसुकै दलहरुसँग गठबन्धन गर्न सक्छौ ।’

केन्द्रिय कार्यसमितिको बैठकको निर्णयलाई आत्मसात गर्दै हामी पालिका बिषेशका आधारमा गठबन्धन गर्छौ,खड्काले भने–‘इलाम जिल्लाको अहिलेको अवस्थामा हामी सबै स्थानीय तहमा आफ्ना उमेद्धवार जित्ने अवस्था छ ।’ खड्का भन्छन्–‘संगठित अवस्थामा राजनिति गरिरहेका लिम्बुवान जन्य पार्टी र मंगोल नेसनल अर्गनाइजेसनसँग पनि हाम्रो सहकार्य हुन सक्छ ।’ गठबन्धनका लागि अहिलेको सक्ता साझेदारमा रहेका दलहरुसँग पनि छलफल हुने सभापति खड्काले बताए ।

गठबन्धनको अर्को दल एकिकृत समाजवादीले जिल्लाको पूर्ण बैठकबाट अन्य राजनीतिक दलहरुसँग वार्ता गर्न समिति नै गठन गरेको छ । समाजवादीका जिल्ला अध्यक्ष भक्त केशि भन्छन्–‘पार्टीका कार्यकर्तालाई प्रशिक्षित गर्दै आएका छौँ,बाँकी केन्द्रिय निति अनुसार जिल्लामा अघि बढ्नेछौँ । गठबन्धनका दलहरुबिच चुनावी तालमेल गर्ने बारे जिल्ला अध्यक्ष भक्त केसिको संयोजकत्वमा ७ सदस्य वार्ता समिति गठन गरेको छ ।
आन्तरिक रुपमा कसलाई उमेद्धवार बनाउने, पार्टीको संगठनको अवस्था बुझ्ने र अन्य राजनीतिक दलहरुबिच छलफल गर्ने समितिलाई अधिकार दिएको छ । काग्रेस सहितको गठबन्धन नबने न्युनतम रुपमा जनता समाजवादी र नेकपा माओवादी केन्द्रसँग सहकार्य गर्ने निति लिएको अध्यक्ष भक्त केशिले बताए । केसी भन्छन्–‘काग्रेसपनि गठबन्धन आउँछ काग्रेस एक्लै गएमा धेरै पद गुमाउनु पर्ने देखिन्छ त्यसलै गठबन्धनमा आउने हाम्रो विश्वास छ ।’

सत्ता साझेदार नेकपा माओवादी केन्द्रले १० वटै स्थानीय तहमा चुनावी कमाण्डर तोकेको छ । चुनावी कमाण्डर तोकिएसँगै माओवादीको जिल्ला समन्वय समितिको नेतृत्व समेत परिवर्तन भएको छ । जिल्ला समन्वय समितिको संयोजक रहेकी सोममाया राईलाई सह–इञ्र्चाज बनाएर बिजय खम्बु जिल्ला संयोजक भएका छन् । आन्तरिक संगठन सुदृढिकरण गरेर मात्रै चुनावी तालमेलका बिषयमा अन्य दलहरुसँग छलफल गर्नेछौँ–संयोजक खम्बु भन्छन्–‘गठबन्धनमा रहेका दलहरुसँग केन्द्रिय निति अनुसार अघि बढ्ने योजना छ ।’ ‘स्थानीय तहहरुको भेला, वडा भेला जनवर्गीय संगठनको भेला,टोल कमिटी र सेल कमिटीको भेला प्रशिक्षण सकेर हामी गठबन्धनका दलहरुसँग छलफल गछौँ– खम्बुले भने–‘हामी चैत्र २८ गतेपछि मात्रै औपचारीक रुपमा गठबन्धनका दलहरुसँग छलफल गर्ने तयारीमा छौ ।’

नेकपा माओवादी केन्द्रले चैत्र १५ गतेसम्म पालिकाहरुको भेला प्रशिक्षण र चैत्र १६ देखि २८ सम्म वडा टोल र सेलको भेला प्रशिक्षण गर्ने कार्यतालिका बनाएको छ । माओवादी केन्द्र गठबन्धनमा रहेका दलहरुले हेर्ने दृष्टिकोणका आधारमा आफ्नो योजना बनाउने हो । अहिले सत्ता साझेदारमा रहेका पार्टीहरुसँग गठबन्धन गर्ने हाम्रो प्राथमिकता रहेको छ, संयोजक खम्बुले भने–‘गठबन्धन भएन भने माओवादी केन्द्रले नतिजा निकाल्ने हिसाव आफ्नो संभावना भएका क्षेत्रमा केन्द्रित रहेर स्थानीय चुनावमा एक्लै लड्ने योजना पनि संगसँगै अघि सारेका छ ।’ माओवादी केन्द्रले गठबन्धनका आवद्ध दलहरुसँग अनौपचारीक छलफल भइरहेको जनाएको छ ।

सत्ता साझेदार जनता समाजवादी पार्टीले चुनाव केन्द्रित कार्यक्रम तय गर्न जिल्लाको बैठक बस्दै आएको छ । केन्द्रिय समितिको बैठकले स्थानीय तहको चुनावमा स्थानीय पालिकालाई नै निर्णयको अधिकार दिने योजना जसपाको छ । जसपाले गठबन्धनका दलहरुसँग छलफल गरेर अघि बढ्ने योजना छ पार्टी जिल्ला सचिव याम लिम्बु भन्छन्–‘गठबन्धनका दलहरुसँग चुनावी तालमेल गरेर अघि बढ्ने योजना छ । जसपाको जिल्ला समितिको बैठक चैत्र ११ गते बस्दैछ । बैठकले निर्वाचन केन्द्रित कार्यक्रमहरु घोषणा गरे अघि बढ्ने जिल्ला सचिव याम लिम्बुले बताए । गठबन्धनमा आवद्ध राष्ट्रिय जनमोर्चा पार्टीको इलाममा संगठित रुपमा अघि बढेको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार