नेकपा(एस) को प्रचार विभाग सदस्यमा पाँचथरका शिकारु चयन

  नयाँ बुलन्द
448 Shares

 

पाँचथरः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय प्रचार विभाग सदस्यमा पाँचथरका लेखनाथ शिकारु चयन भएका छन् ।

समाजावदी प्रेस संगठनको केन्द्रीय सदस्य तथा नेपाल पत्रकार महासंघ पाँचथरका पूर्वअध्यक्ष समेत रहेका उनी दुई दशक अघिदेखि पत्रकारिता पेशामा आवद्ध छन् ।

पार्टीको केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकले शिकारु लगायत १८ जना नेताहरुलाई केन्द्रीय प्रचार विभाग सदस्यमा मनोनित गरेको हो । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा फागुन २५ र २६ गते काठमाडौँमा सम्पन्न केन्द्रीय कमिटीको बैठकले विभिन्न विभागहरुलाई पूर्णता दिएको छ ।

केन्द्रीय कमिटीको बैठकले गरेका निर्णयहरूको कार्यान्वयन गर्ने सन्दर्भमा केन्द्रीय सचिवालयको चैत ३ गतेको १९ औँ बैठकले महत्वपूर्ण थप निर्णय गर्दै चुनावको संघारमा जिम्मेवारी बाँडफाँड गरेको जनाइएको छ । पार्टीले गरेका सबै निर्णयहरूको आवश्यक जानकारी र कार्यान्वयनका निम्ति आइतबार अन्तरपार्टी निर्देशन–५ पनि जारी गरेको छ । आइतबार जारी (अपानि) मा ३३ सदस्यीय केन्द्रीय प्रचार विभाग विस्तार गरेको छ । जसको प्रमुखमा पार्टीका उपमहासचिव जगन्नाथ खतिवडालाई जिम्मेवारी तोकिएको छ भने विभागको उपप्रमुखमा समाजवादी प्रेस संगठन नेपालका संयोजक शम्भु श्रेष्ठ समेत रहेका छन् ।

त्यस्तै,सदस्यहरुमा राममाय भट्टराई, जीवन विसी, टंक पन्त, तेजप्रसाद वाग्ले, दुर्गा थापा, धनराज वास्तविक, नरेन्द्र साउद, प्रकाश खतिवडा, माधव पौडेल, विश्वमणी सुवेदी, रामकुमार एलन, रोहित दाहाल, शान्तराम बिडारी छन् । अन्य सदस्यमा भवानी कार्की, नवराज सुवेदी, विजय श्रेष्ठ, सूर्य विसी, लेखनाथ शिकारु, वोधराज त्रिपाठी, भुपराज खड्का, भरत पोखरेल, वृजलाल पासवान, मेनुका भण्डारी, राघव साह, शितल साह, वुद्धवीर राई, संगीता पाख्रिन, हेम कर्ण बिक, तिर्थ सिग्देल, पासाङडोल्मा लामा र जीके पोखरेल चयन गरिएको सदस्य शिकारुले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार