करणी अभियोगमा फाकफोकथुमको चुहानडाँडा निवासी एक व्यक्ति पक्राउ

  नयाँ बुलन्द
6.3k Shares

इलामः १२ वर्षीय बालिका जबरजस्ती करणी गरेको अभियोगमा फाकफोकथुमका एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा २ नम्बर वडास्थित चुहानडाँडाका ३८ वर्षीय रमेश भनेर चिनिने कुलबहादुर तामाङ (सिङ्दन) रहेको जिल्ला प्रहरी कार्यालय इलामका सुचना अधिकारी गंगा थापाले जानकारी दिए ।

तामाङले बालिकालाई चैत ५ गते दिउँसो साढे तीन बजे शनिबार  १ नम्बर वडास्थित खाम्बाङमा एक्लै घरमा भएको अवस्थामा जबरजस्ती करणी गरेको बताइएको छ । उक्त घटना बारे पीडित पक्षले प्रहरीमा उजुरी दिएपछि प्रहरी चौकी आमचोकबाट खटिएको सुरक्षा टोलीले तामाङलाई बेलुकी पक्राउ गरि सदरमुकाम इलाम पुर्याएको थियो ।

प्रहरी कार्यालयमा ६ गते जाहेरी प्राप्त भएको र त्यसको भोलिपल्ट ७ गते जिल्ला अदालतबाट जबरजस्ती करणी मुद्दामा सात दिनको म्याद थप गरि यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

वडा नम्बर १ को स्थानीय विद्यालयमा ६ कक्षामा अध्ययनरत विपन्न परिवारमा हुर्केकी बालिकाका बुबाको केही वर्ष अघि निधन भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार