जोरकलसबाट १९ लाख बराबरको छुर्पी र गाडी सहित चालक नियन्त्रणमा

  नयाँ बुलन्द
2k Shares

इलाम: रोङ गाउँपालिका-४ जोरकलसस्थित मेची राजमार्गमा अवैध समान बोकेको गाडी सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आज बिहान साढे सात बजे प्रहरी चौकी किटेनीबाट चेकिङमा खटिएको प्रहरी टोलीले झापाबाट इलाम तर्फ जाँदै गरेको प्रदेश १-०१-००१ च ९२१९ नम्वरको वलेरो गाडीमा अवैधरुपमा बोकेको अन्दाजी १९ लाख बरावरको २००० किलोग्राम (४० बोरा) हार्ड छुर्पी बरामद गरेको हो ।

अवैध छुर्पी बरामद भए सगै उक्त छुर्पी,गाडी र चालक इलाम सुर्योदय नगरपालिका-२ का निमा तामाङ सहितलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरी पठाएको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार