ए सरकार ! अझै कति सहने मैले ?

  प्रमिशा घिमिरे
462 Shares

संखुवासभा,ए सरकार!अझै कति सहने मैले? बिरक्त लाग्छ मलाई यो संसार अनि मान्छेहरु देखेर समयको परिवर्तनसंगै नयाँ नयाँ आधुनिक प्रबिधिहरु आए तर बिडम्बना प्रबिधिको बिकाससंगै मान्छेहरु जति धेरै अहिले अनलाइन भइरहेका छन् यहाँ त्यतिनै धेरै मान्छेमा हुनुपर्ने मानवता अफलाइन तिर तीब्र रूपमा ढल्किरहेको छ।

हे ! मेरि नेपाल आमा मेरो त रुदा रुदै आशुको मुल नै सुकिसक्यो हिड्दा हिड्दै हातखुट्टा गलिसक्यो। देखेका ती सुन्दर सपनाहरु अनयासै जलिसक्यो।अब बाकी के नै छर छत केबल जिउदो लासको शरीर मात्र छ। अचम्म लाग्छ मलाई यो परिवेश देखेर अचेल त दया,माया र सम्मान भन्ने शब्द नै लोप भइसकेको जस्तो लाग्छ।

बढ्दैछन् आफ्नै घर समाजमा राक्षस दुष्टहरु आफ्नै घरपरिवारमा पनि एकबाट अर्को दबिएर बस्नुपरेको छ। यो कस्तो चलन हो ?एउटा छोरी भएर जन्मिएपछी परिवार समाज सबैको दबाबमा बस्नुपर्ने। कस्तो कानुन हो हाम्रो देशको पैसा र शक्तिको आडमा चल्ने ।साह्रै दुख लाग्छ पीडितले भने न्याय नपाइ यहाँ पलपल मरिरहेका छन्।ए सरकार ! तिमिले कहिल्यै महसुस गरेका छौ आफुले जन्म दिएको छोरीलाई दुष्ट राक्षसहरुले छियाछिया बनाइ मारेर झाडिमा फाल्दा ती आमालाई कति चोट पर्छ र कसरी आफुलाई सम्हाल्छिन भनेर।सत्ता र कुर्सीकै लागि मात्र कति झगडा गर्छौ ए सरकार ! मान्छेहरुले उखान भनेको सुनेकी थिए “नेपालको कानुन दैबले जानुन ” भनेर आज बल्ल आएर थाहा भयो मलाई बास्तबमा यो उखान त्यसै भनेको त होईन रहेछ। देशको अवस्था देखेर म निशब्द छु बोल्ने कुनै शब्द नै छैन। कयौ आमाहरुको कोख रितिएका छन् अरु त के कुरा गर्नु यहाँ आफ्नै परिवारमा बाउ दाज्युभाइबाट सुरक्षित छैनन् छोरिहरु।

परिवार,विद्यालय ,सवारी साधनमा यात्रा गर्दा यी हरेक क्षेत्रमा मैले असुरक्षित महसुस गर्नुपर्ने कहिलेसम्म हो सरकार? निर्मला,सम्झना,भागरथी सुजिता जस्ता कयौ किशोरीहरुले कलिलै उमेरमा आफ्नो जिबन आहुती दिए।यो देशमा अब यस्तै निरन्तर भइरहने हो भने भोलि मेरो पनि यस्तै दिन आउन्न भन्न सकिन्न।सम्बृद नेपाल सुखी नेपाली सरकारको यो अभियानमै म प्रश्न गर्छु जहाँ कयौ आमाको कोख रितिदैछ,पीडितलाई न्याय होइन शक्ति र पैसाको आडमा कानुन चलिरहेको छ जहाँ दया,माया र मानवता भन्ने शब्द पनि छैन त्यहा कसरी सम्बृद,सुखि र खुशी हुन्छ।

महिला राष्ट्रपतिको देश भनेर बिश्वमा परिचीत नेपाल तर नेपाली आमा दिदिबहिनीहरुको अवस्था देखेर

म निशब्द छु। देशमा जतिनै गणतन्त्र, लोकतन्त्र र प्रजातन्त्र आए पनि हाम्रो समस्या र पिडा भने सधै उस्तै छन् । बिचरा! मेरि आमाले मलाई नौ महिना पेटमा बोकेर प्रसवका ती पिडा सहेर मलाई जन्म दिनुभयो। मप्रती कति सुन्दर सपना देख्नुभएको छ छोरी ठूलो मान्छे भएर बुढेसकालको सहारा बन्ली भनेर तर म पलपल त्रासमा समय बिताइरहेकी छु। डर लाग्छ मलाई मेरि आमाको पनि सपना रितिने पो होकि। कयौ छोरीहरु म जस्तै त्रासमा बाचिरहेका छन्।

निर्मला पन्तको बलात्कारपछि हत्या भयो एक बर्षजति त खुबै होहल्ला छाएकोथ्यो तर अहिले चुपचाप छ। यहाँ निर्मला जस्ता लाखौ छोरीहरुको बलात्कारपछि हत्या भएको छ। घट्ना घटेर केहि

समयसम्म होहल्ला चल्छ तर विडम्बना नत पीडितलाई न्याय दिएका छन् नत अपराधीलाई पत्ता लगाएर कडा सजाय नै दिन सकेका छन्। अपराधीहरु खुल्लेआम रोडमा हिडिरहेका छन्।

आदर्शको खोल ओढेर पैसा र पावरको आडमा आफ्नै छोरीचेलीमाथी गिद्दे नजर लगाउने पापीहरुलाई त झन कागजमा मात्र सिमित नेपालको कानुनले हौसलाको बाटो बनेको छ। म नेपाल आमाको एक सन्तान हु मेरो पनि आफ्नै सपना छ। मेरो सपनालाई साकार पार्न मलाई स्वतन्त्रता र सुरक्षाको आवस्यक छ। म सधैभरी यसैगरी डर त्रासमा बस्न चाहान्न। अति भयो अब सहन सक्दिन। मलाई सत्ताकै लागि मात्र लड्ने सरकार होइन पीडितलाई न्याय दिलाउने सरकार चाहियो। रुदा रुदै चोली भिजेका कयौ आमाहरुको मुहारमा खुशी देख्न पाइयोस् । सबै छोरीहरुले निडर र स्वतन्त्र भइ आफ्नो सपना पूरा गर्न पाइयोस्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार