पाँचथर: नेकपा एमाले निकट शिक्षकहरुको संगठन नेपाल राष्ट्रिय शिक्षक संगठन पाँचथरको अध्यक्षमा माक्सेम प्रसाद नेम्बाङ चयन भएका छन् ।
शुक्रबार सदरमुकाम फिदिममा सम्पन्न १३औँ जिल्ला अधिवेशनबाट नेम्बाङको अध्यक्षतामा २७ सदस्यीय समिति चयन भएको हो ।
समितिको उपाध्यक्षमा जयनारायण न्यौपाने,ज्ञानमाया राई,सचिवमा खगेन्द्र सुवेदी,सहसचिवमा ललिता नेपाल र कोषाध्यक्षमा मनोज राई चयन भएका छन् ।