फाल्गुनन्दका दिलिप आफ्नै श्रीमती हत्याको अभियोगमा पक्राउ

  नयाँ बुलन्द
1.7k Shares

पाँचथर: श्रीमतीलाई घाँटी थिचि हत्या गरेको अभियोगमा पाँचथर एक जना पक्राउ परेका छन् । फाल्गुनन्द गाउँपालिका ३ का ३५ वर्षीय दिलिप नेम्बाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

चैत्र ३ गते  सामान्य घरायसी झगडा हुदाँ नेम्बाङले आफनै ३९ वर्षीया श्रीमती निशा थेवेलाई घाँटी थिचि हत्या गरि घर नजिक जंगलमा ढुङगाको ओढारमा लास छोपेर लुकाए राखेको खुल्न आएको प्रहरीले जनाएको छ ।

तत्काल नेम्बाङलाई प्रकाउ गरी थप अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वाकर्माले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार