चियाका लागि प्रख्यात इलाममा कफी खेतीको पनि उत्तिकै सम्भावना

इलाम । चिया उत्पादनमा नाम कमाएको इलाम जिल्लामा कफीको समेत उत्तिकै सम्भावना रहेको पाइएको छ ।

बजारको समस्या नभएपछि किसानहरु कफी खेतीमा आकर्षित भएका छन् । कफीको दाना विरुवा समेत राम्रो मुल्यमा विक्रि भएपछि पश्चिमी इलामको माङसेबुङका किसान कफी उत्पादनमा लागेका हुन् ।

जिल्लाको माङसेङ गाउँपालिका तोभाङ आसपासका करिब २ सय ५० परिवार कफी खेतीमा संलग्न भएका छन् । यहाँका किसानले अराविका र बोरबन जातका कफी खेती गर्दै आएका छन् ।

कफीमा आत्मनिर्भर बनाई विदेशमा समेत निर्यात गर्ने उद्देश्यले कृषि ज्ञान केन्द्र इलामले कफी खेती विस्तार कार्यक्रम संचालन गरेको छ । चालु आर्थिक वर्षमा १२ हेक्टर क्षेत्रमा कफी खेती विस्तार गर्ने लक्ष्य रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार