नेविसंघ इलाम सभापतिमा प्रबिन कट्टेलकाे दाबी

  नयाँ बुलन्द
1.5k Shares

इलाम : नेपाली कांग्रेसले आफ्ना भ्रातृ संगठनहरुको नयाँ नेतृत्व चयनको प्रक्रिया अगाडि बढाएको छ । कांग्रेसले म्याद सकिएका १० भ्रातृ संगठनमा नयाँ नेतृत्व चयन गर्ने तयारी थालेको हो । चैत पहिलाे साता भित्र तदर्थ समिति गठन गर्ने निर्णय गरेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले तदर्थ समिति गठन गर्ने तयारीमा जुटे सँगै जिल्लामा समेत समिति गठन गर्ने चर्चा सुरु भएको छ । जिल्लामा यतिबेला जिल्ला सभापति बन्नेकाे आफ्नो आफ्नो दाबी  सुरु भएको छ ।

विशेष गरी नेविसंघ, नेपाल तरुण दल र नेपाल महिला संघको नेतृत्व रिक्त रहेकाले प्राथमिकताका साथ उक्त संगठनहरुमा नयाँ नेतृत्वको तयारी थालिएको हो । तरुण दलमा ४५ बर्ष र नेविसंघमा ३२ बर्षे उमेर हदको व्यवस्था अनुरुप नयाँ कार्यसमिति गठन गर्ने तयारी छ ।

इलाम जिल्लाको नेविसंघ सभापतिमा प्रबिन कट्टेलले दाबी गरेका छन् । मरब क्याम्पस नेविसंघको उपसभापति समेत रहेका कट्टेल हरेक आन्दोलनमा अग्रमोर्चामा देखिने गरेका छन् । कट्टेल नेविसंघको नेतृत्व सम्हाल्न आफू सक्षम र योग्य रहेको दाबी गर्दै आएका छन् । ‘कांग्रेसलाई मुलुकमा पहिलो पार्टी बनाउन र गाउँ गाउँसम्म नेविसंघलाई सक्रिय बनाउन मेरो महत्वपूर्ण भूमिकम रहन्छ । सबै तह, इकाइ र जिल्ला जिल्लामा सक्रिय र चलायमान बनाउनु जरुरी छ’, उनले भने । यता नेविसंघ इलामका कार्यबहाक जिल्ला सभापति  प्रकाश भट्टराईले  भने केन्द्रले  तदर्थ समिति बनाउन जिल्ला सभापति सँग समन्वय गर्ने गरि पत्रचार गरिसकेकोले साेही अनुशार चाँडै समिति बनाइने बताए ।

काे हुन कट्टेल ? कसरी सुरुभयाे उनकाे राजनैतीक यात्रा

इलामको देउमाई नगरपालिका ९ जितपुरमा २०५४ सालममा बुवा हिरालाल कट्टेल र आमा रेणुका कट्टेलको जेठो सन्तानका रुपमा जन्म लिएका कट्टेलले सानै बाट राजनीति यात्रा तय गरेका हुन् । उनले २०६९ सालमा जितपुर माबिको इकाई अध्यक्ष बनेर राजनैतीक यात्रा सुरु गरेका थिए । कट्टेल २०७२ सालमा सदरमुकामको आदर्श उच्च माध्यमिक बिद्यालयको सभापति बने । ट्रेड युनियन कांग्रेस इलामका जिल्ला सहसचिव समेत रहेका कट्टेल सुशिल कोइराला सोसोलिस्ट युथ सर्कल इलामका अध्यक्ष हुन । राजनीतिमा जति सकृय छन् सामाजिक क्षेत्रमा पनि उनकाे सकृयता त्याे भन्दा कम देखिदैन । शालिन , मिलनसार स्वभाबका रुपमा परिचित उनि नेविसंघमा प्रभावशाली नेतृत्व गर्न सक्ने छवि बनाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार