इलाम : नेपाली कांग्रेस इलाम सभापति डम्बर खड्काले कांग्रेस एक ढिक्का रहेको बताएका छन । इलाम सदरमुकाममा मङलबार नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै इलाम कांग्रेस भित्र कुनै बिबाद नरहेको बताएका हुन । बाहिर बजारमा कांग्रेस इलाम भित्र चर्को बिबाद छ भन्ने भ्रम फैलाईएको छ तर त्यो सत्य नभएको उनले बताए । खड्काले नजिकिदो स्थानियतहको निर्वाचनमा जुट्न सबै नेता तथा कर्याकर्तालाई आग्रह समेत गरे ।
यस्तै पार्टीका पूर्व जिल्ला सभापति हिमालय कर्मचार्यले काँग्रेसले सुरु गरेको एक महिने अभियानलाई सफल पार्न सबै एक भएर लाग्नु पर्नेमा जोड दिँदै स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनसंग तालमेल गरेरै चुनाव लड्नु पर्ने बताए । उता पूर्व जिल्ला सभापति केशब थापाले पार्टीको तल्लो तह बलियो भयो भने मात्र काँग्रेस बलियो हुने र चुनाव जित्न सकिने उल्लेख गरे ।
सो कार्यक्रममा कार्यकर्ताहरुले भातृ संस्थालाई बलियो र सक्रिय बनाउनु पर्ने, अबको निर्वाचनमा काँग्रेस एक्लै चुनावमा जानुपर्ने, उम्मेद्धारको टिकट बितरणमा कोटा सिस्टम हटाउनुपर्ने, अभियान कार्यक्रममा नेता कार्यकर्ता बीचको पुर्नमिलन जस्ता कार्यक्रम गर्नुपर्ने सुझाव दिएका थिए ।