हिलिहाङमा फेला पर्‍यो वेवारिसे लास

  युद्धबहादुर बोहोरा
161 Shares

 

पाँचथर: हिलिहाङ गाउँपालिका १ नम्बर वडाको भिरफेदी जङगलमा सोमबार बिहान वेवारिसे लास फेला परेको छ ।

साविक अमरपुरको १ नम्बर वडामा रहेको जङगलमा औंसा किरा परेको अबस्थामा पहिचान हुन नसकेको पुरुषको लास भेटिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ ।
प्रहरी कार्यालयका अनुसार लासको सनाखत हुन नसकेको हुँदा कोही कसैको आफन्त भए प्रहरी कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिएको छ ।
मृतक अन्दाजी ४०/४२ वर्षीय देखिने,गहुगोरो वर्णको उचाई करिब ५ फुट ४ ईन्च,हल्का लामो कपाल फुलेको,चुस्स पातलो दाह्री पलाएको,सेतो र निलो रंगको हाप भेष्ट,कालो रंगको जिन्सको पेन्ट लगाएको बताइएको छ । उनको अगाडी माथिल्लो पटीको दुई वटा दात पनि नभएको उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार