जसपाले थाल्यो चुनावी अभियान, प्रत्येक स्थानीय तहमा केन्द्रिय नेता खटाउने

  नयाँ बुलन्द  356 पटक हेरिएको

 

इलाम: जनता समाजवादी पार्टी,नेपालले चुनावी अभियान शुरु गरेसंगै प्रत्येक स्थानीय तहमा केन्द्रिय नेता खटाउने भएको छ ।

स्थानीय तहमा पार्टीलाई प्रभावकारी बनाउन र महत्वपूर्ण भुमिका खेल्न नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिइएको छ ।

केन्द्रिय सदस्यहरुलाई आफ्नो कार्य क्षेत्रमा उपस्थित भएर आगामी स्थानीय निर्वाचनमा पार्टीलाई जिताउने अभियान शुरु गर्न र केन्द्रिय कार्यसमितिको बैठकले पारित गरेको निर्वाचन निर्देशिका अनुसार आगामी स्थानीय निर्वाचनमा सहभागी हुने बताइएको छ ।

जसपाको केन्द्रिय समितिको बैठकले स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर हरेक स्थानीय तहमा कम्तिमा एक जना केन्द्रिय सदस्यलाई खटाउने योजना रहेको पनि जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार