इलामः देउमाई नगरपालिका वडा नम्बर ९ स्थित जीतपुर माध्यमिक विद्यालयमा कार्यरत शिक्षक नवीन भट्टराईलाई विद्यालयले उत्कृष्ट शिक्षक घोषण गर्दै सम्मान गरेको छ ।
विद्यालयले आयोजना गरेको सामाजिक परिक्षण प्रतिवेदन प्रस्तुत,सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा ५५ जना विद्यार्थी र शिक्षक भट्टराईसहित करिब एक दर्जन विभिन्न विधाका व्यक्तित्वहरुलाई सम्मान गरेको हो ।
०७५ सालदेखि जीतपुर माध्यमिक विद्यालयमा विज्ञान तथा गणित विषय शिक्षकमा कार्यरत शिक्षक भट्टराईले विद्यालयको हरेक गतिविधिमा दक्ष र कुशल शिक्षकको भूमिका निर्वाह गरेको भन्दै विद्यालयबाट सम्मानित भएका हुन् ।
उनले आधारभूत शिक्षा सिद्धबाबा माध्यमिक विद्यालय घुर्विसे पञ्चमीबाट थालनी गर्दै इलाम विद्या मन्दिरबाट एसएलसी पास गरेका थिए । आदर्श माध्यमिक विद्यालयबाट प्लस टुमा कलेज टप भएर भू-गर्भशास्त्रमा त्रि-चन्द्र क्याम्पसबाट बिएससीको अध्ययन पुरा गरेका उनले निजि विद्यालय समता शिक्षा निकेतन इलामबाट जागीरको शुरुवात गरे । बौद्धधाम माद्यमिक विद्यालय पशुपतिनगरमा (अस्थायी) शिक्षकको रुपमा काम गर्दै ०७३ सालको शिक्षक सेवा आयोगमा माध्यमिक तह विज्ञान विषयबाट पूर्वाञ्चल प्रथम स्थान हाँसिल गरी थर्पु माध्यमिक विद्यालय पाँचथरमा स्थायी जागीरमा प्रवेश थिए । विद्यार्थीलाई प्रयोगात्मक तथा अत्याधुनिक प्रविधिको प्रयोग गरी शिक्षण गर्न विशेष अभिरुचि राख्ने गरेको उनले बताए ।
उनीसंगै सम्मानित हुनेहरुमा विद्यालय संस्थापक,शिक्षाप्रेमी,धर्म तथा संस्कृति संरक्षक दीर्घसिंह लिम्बु,पूर्वप्रधानध्यापक तथा जग्गादाता चित्रदेव कट्टेल,वासुदेव कट्टेल,विद्यालयलाई स्थापनाकालमा विषेश योगदान पुर्याउने पूर्वशिक्षक,विद्यालयबाट अवकाश शिक्षकहरु, शिक्षक,स्वास्थकर्मी,खेल प्रशिक्षक तथा नगरस्तरीय खेलाडी छात्राछात्रहरु रहेका छन् ।
विद्यालयमा स्थापना भएका चार वटा अक्षयकोषबाट वर्षेनी विद्यार्थीलाई पुरस्कार वितरण हुने गरेको छ ।
चार वटा अक्षयकोषबाट १ देखि १२ कक्षासम्मका प्रथम,द्वितीय र तृतिय हुने विद्यार्थी साथै भेटेरिनरी जेटिएमा उत्कृष्ट छात्राछात्रलाई पुरस्कृत गरिएको हो । अक्षयकोष दाताहरुका प्रतिनिधिबाट पुरस्कृत हुनेहरूलाई उक्त पुरस्कार प्रदान गरेका थिए ।
०७५ सालमा प्रदेश सरकारबाट जिल्लाकै उत्कृष्ट घोषित भएको यो विद्यालय पूर्वकै शैक्षिक गन्तव्यले परिचित छ ।
प्रत्येक कक्षामा समार्ट बोर्डबाट अत्याधुनिक प्रविधिबाट शिक्षण हुने गरको छ । २४ घण्टा सिसिटिभीको निगरानी बालमैत्री शिक्षण सिकाइ मुख्य आकर्षण छन् । हाल कूल विद्यार्थी संख्या सात सय ७२ जना रहेको यस विद्यालयमा ऐतिहासिक र सांस्कृतिक वस्तुको संग्रहालय समेत रहेको छ । ०७५ सालबाट नमूना विद्यालय कार्यक्रम कार्यान्वयन भएको नगरपालिकाको एकमात्र नमूना विद्यालय ०६९ सालबाट पशुविज्ञानमा भेटेरिनरी जेटिए पढाई शुरु गरिएको थियो । आगामी शैक्षिक शत्रबाट वनस्पति विज्ञान जेटिए र प्लस टुमा विज्ञान विषय सञ्चालन गर्ने विद्यालयको योजना रहेको शिक्षक भट्टराईले जानकारी दिए ।
विद्यालयको सामाजिक परिक्षण प्रतिवेदन प्रस्तुतकर्ता शिक्षक मदन प्रसाद बरालले गरेको कार्यक्रम
विद्यालय व्यवस्थापन समिति अध्यक्ष मणिकुमार लिम्बूको अध्यक्षता तथा नगर उपप्रमुख पविमाया राईको प्रमुख आतिथ्यतामा समापन भएको हो ।
विषेश अतिथि शाखा अधिकृत लक्ष्मी बराल जनप्रतिनिधिहरु,विभिन्न विद्यालयका प्रधानध्यापक तथा सुरक्षाकर्मी लगायतको उपस्थिति थियो ।
कार्यक्रममा ९ नम्बरका अध्यक्ष प्रेम सागर बराल,अधिकृत बराल, शिक्षा शाखा प्रमुख रुपेन्द्र प्रसाद न्यौपाने,कार्यरत प्रधानध्यापक गोविन्द प्रसाद बराल लगायतले पुरस्कृत हुने महानुभावहरुलाई बधाई तथा थप प्रगतिको शुभकामना सहितको मन्तव्य राखेको कार्यक्रमलाई कार्यक्रम शिक्षक भट्टराई र बुद्धिसागर न्यौपानेले संचालन गरेका थिए ।