इलाम । इलामको माइजोमाई गाउँपालिकामा रहेको ऐतिहासिक गुम्बा पुनर्निर्माणमा स्थानीय आफैं जुटेका छन् । स्थानीय शेर्पा समुदायको पहिचान बोकेको पाल्युल उर्गेन लोङ्कुलिङ गोन्पा (गुम्बा) भुकम्पका कारण जीर्ण बनेको थियो तर अहिले स्थानिय आफै रकम संकलन गरि गुम्बाको संरक्षणमा जुटेका हुन । जिल्लाको माइजोमाई गाउँपालिका वडा नं ६ प्याङ्गमा रहेको पाल्युल उर्गेन लोङ्कुलिङ गोन्पा समुन्द्र सतह बाट करिब २६०० मिटरको उचाइमा रहेको छ । यो गुम्बा भुकम्पका कारण छियाछिया बनेको थियो ।
कतिबेला दुर्घटना गराउने हो भन्ने पिरले गुम्बामा बस्ने लामा सहित त्यहाँ पुुग्ने भक्तजनलाई त्रासति रहेको थियो । तर स्थानिय आफै रकम संकलन गरि गुम्बालाई संरक्षणमा जुटेका छन् । अहिले गुम्बाको छानो र गुम्बा भित्रको भित्ता मर्मतको काम भइरहेको छ । २०२५ सालमा स्थानिय कर्मा छिरिङ्ग शेर्पाले स्थापना गरेको उक्त गुम्बामा नेपाल बाट मात्र नभई छिमेकी देश भारत बाट समेत भक्तजनहरु आउने गरेको स्थानिय पासङ्ग डिकि शेर्पाको भनाई छ ।
गुम्बा पुरानो भएकै कारण संरचना क्रमशः भत्किँदै गएको थियो । अझ गएको २०७२ सालको भुकम्पले झनै सिथिल बनाएको थियो । जिल्लाकै पुरानो गुम्बाका रुपमा समेत परिचत यो क्षेत्र धार्मिक संगै पर्यटकीय क्षेत्रको रुपमा समेत पहिचान बनाउदै गएको छ । मानिसले चिताएको कुरा गुम्बाको दर्शन गरे पुरा हुने बिश्बास रहेको छिरिङ्ग शेर्पाले बताए ।
पालिकाको प्रमुख पर्यटकीय क्षेत्र थुम्केरानी बाट नजिकै पर्ने यो गुम्बा पर्यटकको समेत रोजाइमा पर्ने गरेको हो । तर केही समय अधिसम्म जीर्णोद्धार नगरिँदा ऐतिहासिक गुम्बाको अस्तित्व सङ्कटमा पर्ने खतरा रहेको थियो । अहिले गुम्बा संरक्षणका लागि सहयोग जुट्ने क्रम समेत बड्दै गएको छ । शनिबार मात्रै स्थानीय सेमाजसेबी लाप्साङ्ग शेर्पाको पहलमा नेपाली कांग्रेसका नेता हुकुमलाल थेबेले समेत आर्थिक रकम सहयोग गरे ।
थेबेले गुम्बा परिसरमै पुगेर गुम्बाको अबलोकन गरि सहयोग गर्नुभएको हो । उनले गुम्बाका लागि आवश्यक परेको अन्य सामाग्री समेत आफुले सकेको सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो । इलाममा रहेका यी र यस्ता ऐतिहासीक महत्व बोकेका स्थानहरुकोे संरक्षण कार्य अर्थात जीर्णोद्धारले पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने भएकाले आवश्यक योजनाका लागि स्थानीय सरकार, प्रदेश र सङ्घीय सरकारको ध्यान जान जरुरी देखिन्छ ।
