गठबन्धन गथासो

काठमाडौँ । हाम्रो मुलुकमा विषयवस्तुको खडेरी कहिल्यै परेन। प्रत्येक साताजस्तो केही न केही भइरहन्छ। अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) प्रतिनिधिसभाबाट पारित हुनुअघिसम्म देशको सबैभन्दा जल्दोबल्दो समस्या त्यहीजस्तो रहेको हो। अहिले फेरि नयाँ विषय प्रवेश गरेको छ–गठबन्धन।

जसरी होस् अब गठबन्धन जोगाउने एक सूत्रीय चाहना दैनिकजसो प्रकट भइरहेको छ। अहिलेको पाँच दलीय गठबन्धनका दुःख यसलाई कसरी आगामी तीनै तहका निर्वाचनसम्म लैजाने भन्ने छ। त्यही भएर यसलाई जोगाउने विशेष ध्यान नेकपा ९माओवादी केन्द्र० र नेकपा ९एकीकृत समाजवादी० को रहेको छ। गठबन्धन गाथाबारे माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले दैनिकजसो अभिव्यक्ति दिइरहेका छन्।

दाहालले शुक्रबार वीरेन्द्रनगरमा पुगेर संवाददाताहरूसँग भनेछन्– ‘एमसिसीबाट गठबन्धन झन् बलियो भएको छ।’ यसबाट बुझिन्छ, गठबन्धन टुट्ने स्थिति आएका कारण मात्र एमसिसी पारित भएको रहेछ। अर्थात् एमसिसी अहिलेको सत्ता गठबन्धनका निम्ति सुपर ग्लु बन्ने मौका पाएको रहेछ। एमसिसीले सत्ता गठबन्धन बलियो बनाउने स्थिति नदेखेका भए दाहालले यसलाई डाँडा कटाइसक्ने रहेछन्। धन्य, एमसिसीले सत्ता गठबन्धनलाई बलियो बनाइदियो। नागरिक दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार