मार्चेबुङमा आयोजित पत्रकारिता प्रशिक्षण सकियो

माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका ४ स्थित मार्चेबुङमा आयोजित पत्रकारिता प्रशिक्षण तालिम शुक्रबार सकिएको छ ।

माङसेबुङ गाउँपालिका ४ नम्बर वडा कार्यालयको सहयोगमा बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिको आयोजनामा संचालित तालिम सकिएको हो ।

बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिका अध्यक्ष राम योङहाङको अध्यक्षता र वडा अध्यक्ष अमृतबहादुर राईको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा वडा अध्यक्ष राईले तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न सुझाव समेत दिएका थिए ।

विकास र समृद्धिका लागि पत्रकारिता क्षेत्रको भूमिका महत्वपूर्ण रहने बताउँदै वडा अध्यक्ष राईले आफ्नो वडामा पहिलोपटक पत्रकारिता सम्बन्धी तालिम संचालन गर्न पाएको भन्दै खुसी व्यक्त गरे ।

कार्यक्रममा सहभागीमध्ये धनकुमारी राई र गोबिन्द लिम्बूले सिकाई प्रभावकारी भएको बताउँदै व्यवहारमा प्रयोग गर्ने कोसिस गर्ने बताए ।

शुक्रबार वडा कार्यालयमा आयोजित समापन कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र  एवम् ्प्रशिक्षक देवान र माङसेबुङ वडा नम्बर ४ वडा कार्यालयलाई सहयोगको निम्ति धन्यवादपत्र प्रदान गरिएको थियो ।

समापन कार्यक्रमको संचालन नयाँ बुलन्दका उपसम्पादक अतित योङहाङले गरेका थिए ।

युवाहरुलाई पत्रकारिता सम्बन्धी आधारभूत ज्ञान र सीपको विकास गरी स्थानीय तहका गतिविधिहरुलाई आम नागरिकसम्म र्पुयाउन सहयोग गर्ने उद्देश्यले संचालित तालिममा वडाका १८ जना युवाहरुको सहभागिता रहेको थियो ।

सहभागीहरुलाई नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजका संघीय सचिव कमन देवानले सहजीकरण गरेका  थिए ।

तालिम गत बुधबार सुरु भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार