जातीय गन्ध आउने ‘ईर्ष्यात्मक राजनीति’संकीर्ण विचारको पराकाष्ठ


लेखक: रामकुमार नेम्बाङ(तुम्याहाङ) 

नेपालमा कुनै राजनीतिक सुझबुझ नहुने व्यक्तिले यो देशको कर्मठ क्षेत्री र बाहुनलाई गाली गर्छन् भन्दा अत्युक्ति नहोला ।
सत्ता र शक्तिमा सधैंभर नस्लिय चिन्तन लिएर राज्यमा हालीमुहाली गर्नेलाई भन्दा तल्लो स्तरका खसआर्यलाई गाली
गरेकै भरमा पहिचानवादी नेता बनिन्छ भनेर जातीय गन्ध आउने ईर्ष्यात्मक राजनीति गर्नु संकीर्ण विचारको पराकाष्ठ हो । यस ढंगबाट सोचेर गन्तव्यमा पुग्न खोज्नु केवल खोक्रो सपना मात्रै हो । वर्तमान युगमा यस्तो कल्पनाले अधौगती तिर धकेल्न सक्दछ ।

ग्रास लेबलबाटै आफ्नो पार्टी भित्र गुटबन्दी सृजना गर्ने,आफ्नो पदीय जिम्मेवारी प्रति वेवास्ता गर्ने तर बहुपद ओगट्न भने मरिहत्ते गर्ने परिपाटी मौलाएको पाइन्छ ।
नेतामुखी राजनीति गर्ने,चाप्लुसी र चम्चे राजनीति गर्नेहरुले पार्टी कम्जोर बनाउने देखि शासन व्यवस्थालाई नै नकारात्मक असर पुर्‍याउन अग्रसर देखिन्छन् । पार्टीमा बसेर अहंकारी राजनीतिक अभ्यास गर्नेले न त संगठन विस्तारमा सहयोग गर्छ न संगठन मजबुत नै बनाउँछ । यस्तै प्रवृत्तिको हावी हुँदै जाँदा र समय सान्दर्भिक राजनीति संस्कारलाई हुर्काउन नसक्दा जातीय द्वन्द र महाशक्ति राष्ट्रको चेपुवामा धेरै मुलुक फसेको देखिन्छ ।

विश्व राजनीतिमा कहलिएका नेताहरु आफ्नो जाती,धर्म,लिङ्ग र क्षेत्रलाई भन्दा अरुको बढी सम्मान गर्छन् तसर्थ,विश्व इतिहासमा जीवन पर्यन्त उदाहरणिय व्यक्तिको रूपमा चिनिएका छन् ।
नेपालमा भने ठिक उल्टो छ आफुलाई सक्षम र संस्कारी ठाँन्दै पार्टी वा भातृसंगठनमा रहेर म भन्ने भावनाले अरुलाई दवाउने दाउमा आफैं खाल्डामा जाकिएका धेरै नेताको राजनीति पेशा जफत भएको छ ।
नेताहरु साँच्ची नै देश र जनताको सेवा गर्न पार्टीमा लागेको हुन् भने,अब कुनै पाखण्डी नेताको लुगाको फेरो समातेर निर्वाचन फेस नगरी समानुपातीकमा आफु सुरक्षित हुने बिकृती को अन्त्य हुन् जरुरी छ ।

स्वतस्फूर्त आफ्नो क्षमता र सम्बन्धित क्षेत्रमा पुर्‍याएको योगदानको आधारमा अगाडि बढ्न र जनताको आवश्यकता लाई मध्यनजर गर्दै राजनीतिमा लगानी गर्ने हिम्मत कस्न सके मात्रै सच्चा राजनीतिकर्मीको रूपमा जनताले अनुमोदन गर्ने छन् नत्र ठुलो गफ गर्ने तर प्रत्यक्ष जनतासंग हेलमेल हुन नचाहने हो भने जनताले जनबिरोधी साबित गर्न कुनै कसरत बाँकी राख्दैनन् ।
समयको गतिसंगै जनता समक्ष पार्टीको नयाँ कार्यदिशा र रणनीति ल्याउन जरुरी छ । नत्र सुखी नेपाली र समृद्ध नेपालको परिकल्पना गर्नु र आठौं प्रदेश बनाउने नारा लगाउनु नेतृत्व हाँक्नेहरुको बकमफुसे दम्भको यथार्थ पुष्टि नहोला भन्न सकिन्न ।

अन्त्यमा, गलत राजनीतिक कार्यदिशाबाट उत्पीडित वर्ग आदिबासी/जनजाती,मधेशी,दलित,मुश्लिम र महिलाको अधिकार स्थापित हुँदैन । दक्षिण एशियाको पोलिटिकल ट्याग लाइन नै सवल प्रगतीशिल समाजवादी नभइ पुजिवादी जर्जरमा फसिसकेको छ । अब नयाँ नेपाली धरातलसंग मिल्ने समाजवादी प्रगतीशिल बाटोको खोजिमा लाग्नु वाहेक अर्को बिकल्प छैन किनभने १० प्रदेश बनाए पनि भोलि सबै प्रदेशमा मुख्य मन्त्री अहिले कै शासक वर्गले संचालन गर्ने छन् । पिछडा वर्गको समुदायले जहिल्यै पछि पर्नु सिवाय केही विकल्प छैन । त्यस पछि खोइ के परिवर्तन भो त्यो बेला जनताले धिकार्ने छन् । वार्ताबाट नै उत्पीडित वर्ग समुदायको अधिकार सम्पन्न हुन्छ भन्ने सोच हुने पहिचान र संघीयवादी वार्ताकार नेताहरुलाई खबरदार !
साँघुरो राजनीतिक चिन्तन आजैदेखि त्यागौं ।

(लेखक: कानुन व्यावसायी  साथै जसपा,नेपाल कार्यकर्ता)

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार