पाँचथर: संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च,लिम्बुवान प्रान्तीय मञ्च,नेपालको पाँचथर ‘ख’ क्षेत्रिय अध्यक्षमा भीम नेम्बाङ सहित १५ सदस्यीय समिति चयन गरिएको छ ।
विहिवार फाल्गुनन्दस्थित घुर्विसे पञ्चमी बजारमा समपन्न मञ्चको दोश्रो अधिबेशनबाट सर्वसहमत सबै समिति चयन गरिएको हो । समितिको उपाध्यक्षमा लोकमान शेर्मा र तेजेन्द्र लावती,सचिवमा भक्त प्रसाद नेम्बाङ छन् भने अर्थसचिव चुन्न बाँकी रहेको संघीय उपमहासचिव लाबाहाङ चेम्जोङले जानकारी दिए ।
सदस्यहरुमा टिका नेम्बाङ,कुमार नेम्बाङ,कमानसिं लावती,धन कुमार लावती,मनिन्द्र चेम्जोङ,ठकुर नेम्बाङ,नरेन्द्र नेम्बाङ,रत्न नेम्बाङ,इन्द्रध्वज सम्बाहाम्फे र गोमा एक्तेन नेम्बाङ रहेका छन् ।
अयोजक समितिका संयोजक लोकमान शेर्माको अध्यक्षतामा सम्पन्न अधिवेशनको प्रमुख अतिथि केन्द्रिय अध्यक्ष कुमार लिङ्देनको प्रमुख आतिथ्यमा अधिवेशन भएको थियो ।
प्रान्तीय उपाध्यक्ष ज्ञानुहाङ इम्बुङ्ग,बिष्णु याक्सो,सचिव सागर केरुङ् लगायतले नयाँ चयन भएको समितिलाई कार्यसफलताको शुभकामनासहित मन्तब्य राखेका थिए ।
साँगितिक कार्यक्रम सहितको आमसभामा द भ्वाइस किड्स नेपालको दोस्रो विजेता रुक्साना लिम्बुले दर्जनौं गीतहरुको बेजोड प्रस्तुतिले दर्शकलाई भव्य मनोरञ्जन गराएकी थिइन् । उनका साथमा राष्ट्रिय कलाकार राज लाबुङले पनि कार्यक्रममा निक्कै ठुलो माहोल सृजना गरेका थिए ।