माङसेबुङको टोलटोलमा सडक संजाल (भिडियो सहित)

माङसेबुङ : सदियौंदेखि सडकको सास्ती खेप्तै आएको जिल्लाको माङसेबुङ गाउँपालिकाका बासिन्दालाई अहिले सहज भएको छ । जनप्रतिनिधि आएपछि गाउँपालिकाका सबै वडा र टोलटोलमा सडक संजाल विस्तार भएपछि स्थानीयलाई सहज भएको हो ।

छोटो अवधिमा नै गाउँपालिका क्षेत्रका हरेक सडकहरु स्तरोउन्नती हुने क्रममा छन् । गाउँपालिकासँगै प्रदेश र संघीय सरकारमार्फत निर्माणाधीन सडकका कारण यातायातका हिसाबले जिल्लाकै सुगम क्षेत्र बन्ने निश्चित छ । सडक यातायातको पहुँच विस्तार भएपछि इलाम सदरमुकामदेखि माङसेबुङ गाउँपालिका क्षेत्रमा यात्रु तथा मालवाहक सवारी आवागमनमा सहज भएको छ ।

गाउँपालिकाका मेरुदण्डको रुपमा रहेको झापाको दमकदेखि इलामको माङसेबुङ हुँदै पाँचथरको रवि जोड्ने दमक-चिसापानी-रवि (फाल्गुनन्द मार्ग) ले उत्तरदक्षिण जोडिएको छ । सो सडकमा कालोपत्रेको काम धमाधम भइरहेको छ । माङसेबुङको शिर भएर जाने निर्माणाधिन पाँचथरको रविदेखि धनकुटाको भेडेटार जोड्ने राँके-रवि-भेडेटार सडक पनि कालोपत्रे भइरहेको छ ।

इलाम सदरमुकामसँगको मुख्य सम्पर्क मार्ग इलाम-मंगलबारे-गजुरमुखी-इभाङ-चतुरे सडकको इभाङ खण्डमा पर्ने माङसेबुङ २ को तिखे गोलाईदेखि माङसेबुङ ३ चतुरेमोडसम्मको सडक समेत धमाधन कालोपत्रे भइरहेको छ ।

राँके एकतप्पा गैडें सडक समेत कालोपत्रे भइरहेको छ । यस्तै चतुरेदेखि झापाको विर्तामाड जोड्नलाई चतुरे फुलुङ्गी सडक र माङसेबुङको धार्मिक पर्यटकीय स्थल लारुम्बादेखि विर्तामोड जोड्नलाई आत्मानन्द मार्ग निर्माण गरिएको छ ।

सडकमा नियमित सवारी साधन संचालनमा आएपछि स्थानीय बासिन्दालाई तराईबाट ढाड पिल्स्याएर उपभोग्य सामाग्री जोहो गर्ने झन्झट हटेको छ । अन्तर वडाबीच सम्पर्क कायम गर्ने सडकदेखि हरेक वडाबाट गाउँपालिका केन्द्रसम्म जोड्ने सडकको निर्माणले जनजीवन थप सहज बनाएको छ ।

गाउँपालिकाबासीको सुविधाका लागि टोलटोलसम्म पुग्ने मोटरबाटो निर्माण र स्तरोन्नतीलाई गाउँपालिकाले प्राथमिकतमा राखेको गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गो बताउँछन् । गाउँपालिकाको ६ वटै वडाको गाउँगाउँमा छोटो दुरीका सडक ट्रयाक निर्माण गरेर आवागमनालाई थप सहजता प्रदान गर्ने कार्यलाई तिव्रता दिएको अध्यक्ष इदिङ्गोको भनाई छ ।

भिडियोमा हर्नुहोस् :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार