प्रविधिमैत्री बन्दै इभाङ मावि

इभाङ :  इलामको माङसेबुङ गाउँपालिका २ स्थित इभाङ माध्यमिक विद्यालय प्रविधिमैत्री बनेपछि विद्यार्थीको आकर्षण बढ्न थालेको छ । विद्यालयमा आईटी ल्याप संचालनमा आएपछि विद्यार्थीहरु कम्प्यूटर शिक्षाप्रति आकर्षित भएका हुन् ।

विद्यालयले विद्यार्थीको शैक्षिकस्तर विकास गर्न २०७४ सालमा आईटी ल्याप संचालनमा ल्याईएको प्रधानाध्यापक नविन बस्नेतले बताए । अहिले सो विद्यालयम ३२ वटा कम्प्यूटर संचालनमा रहेको प्रधानाध्यापक बस्नेतले जानकारी दिए ।

अहिलेको युगमा विद्यार्थीहरूका लागि कम्प्युटर शिक्षा अनिवार्य भएकाले विद्यालयले यो कक्षा संचालन गरेको बस्नेतको भनाई छ ।

माध्यमिक तह कक्षा १ देखि १० सम्म संचालित सो विद्यालयमा दुई सय ७० विद्यार्थी अध्ययनरत छन् ।

सरकाले कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरूलई दिवा खाजाको समेत व्यवस्था गरेकाले बालबालिकाहरूमा विद्यालय जान प्रोत्साहन मिलेको छ ।

(प्रशिक्षार्थी पत्रकारहरु : सोनिया राई, प्रकाश कार्की, अर्जुन लिम्बू , तेजकुमरी मगर, सुजता लिम्बू, माङसेबुङ इलाम)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार