सत्तारुढ दलले पथरी क्याम्पसमा मोर्चा बनायो

मोरङ । पथरी बहुमुखी क्याम्पस पथरी शनिश्चरे मोरङको सञ्चालक समितिको आसन्न निर्वाचनमा चार दल मिलेर उम्मेदरवार दिने भएको छ । विहीबार एक विज्ञप्ती जारी गर्दै फागुन २७ र २८ गते हुने क्याम्पस सञ्चालक परिषद्को बैठकमा साझा उम्मेदवार तय गरेको हो ।

चार दलीय गठबन्धनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी नेपाल रहेका छन् । गठबन्धनले क्याम्पस सञ्चालक समितिको अध्यक्षमा एकीकृत समाजवादीको तर्फबाट दीपक बस्नेत र उपाध्यक्षमा नेपाली काँग्रेसको तर्फबाट माधब कोइरालालाई उम्मेदवार बनाउने भएको छ । लेखा समितिको संयोजक भने नेकपा माओवादी केन्द्रको तर्फबाट उम्मेदवार दिने सहमति भएको छ । सञ्चालक समितिको सदस्य तथा लेखा समिति को सदस्यमा चार दलले साझा उम्मेदवार दिने विज्ञप्तीमा उल्लेख गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार