संखुवासभा बस दुर्घटना अपडेट : मृतकको संख्या १४ पुग्यो

इलाम  – संखुवासभामा बस दुर्घटना भएको छ । सङ्खुवासभाको मादीबाट झापाको दमक जाँदै गरेको यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस विहीबार बिहान करिब साढे सात बजे तिर संखुवासभाको मादी नगरपालिका वडा नं. ६ सातघुम्ती भन्ने स्थानमा दुर्घटना भएको थियो ।

अहिलेसम्म दुर्घटनामा मृत्यु भएका १४ जनाको शव निकालिएको डिएसपी लालध्वज सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार मृतकको पहिचान भने भएको छैन । दुर्घटनामा पाँच जनाको जिवितै उद्धार गरिएको छ ।

बस सडकबाट करिब तीन सय मिटर तल खसेको जनाइएको छ । घटनास्थलमा उद्धारकार्य जारी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार