माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका ४ स्थित मार्चेबुङमा पत्रकारिता प्रशिक्षण तालिम बुधबार सुरु भएको छ ।
माङसेबुङ गाउँपालिका ४ नम्बर वडा कार्यालयको सहयोगमा बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिको आयोजनामा तालिम सुरु भएको हो ।
युवाहरुलाई पत्रकारिता सम्बन्धी आधारभूत ज्ञान र सीपको विकास गरी स्थानीय तहका गतिविधिहरुलाई आम नागरिकसम्म र्पुयाउन सहयोग गर्ने उद्देश्यले संचालित तालिममा वडाका १८ जना युवाहरुको सहभागिता रहेको छ ।
तालिमका सहभागीहरुलाई नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजका संघीय सचिव कमन देवानले सहजीकरण गरिरहेका छन् । तालिम शुक्रबारसम्म संचालन हुनेछ ।
बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिका अध्यक्ष राम योङहाङको अध्यक्षता भएको तालिमको उद्घाटन वडा सदस्य सन्त विश्वकर्माले गरेका थिए ।
वडा सदस्य विश्वकर्माले पहिलोपटक आफ्नो वडामा पत्रकारिता सम्बन्धी तालिम संचालन गर्न पाउँदा अत्यन्तै खुसी भएको बताए ।
कार्यक्रमको संचालन नयाँ बुलन्दका उपसम्पादक अतित योङहाङले गरेका थिए ।