मार्चेबुङमा आधारभूत पत्रकारिता तालिम सुरु हुँदै

माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका ४ स्थित मार्चेबुङमा पत्रकारिता प्रशिक्षण तालिम बुधबार सुरु हुँदैछ ।

माङसेबुङ गाउँपालिका ४ नम्बर वडा कार्यालयको सहयोगमा बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिको आयोजनामा संचालन हुने तालिमको उद्घाटन विहान ११ बजे हुनेछ ।

युवाहरुलाई पत्रकारिता सम्बन्धी आधारभूत ज्ञान र सीपको विकास गरी स्थानीय तहका गतिविधिहरुलाई आम नागरिकसम्म पुर्‍याउन सहयोग गर्ने उद्देश्यले संचालन हुन लागेको तालिम वडाका २४ जना युवाहरुको सहभागिता रहनेछ ।

तालिमका सहभागीहरुलाई नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजका संघीय सचिव कमन देवान र नयाँ बुलन्दका सम्पादक एवम् नेपाल पत्रकार महासंघ इलामका कोषाध्यक्ष राम योङहाङले सहजीकरण गरेका छन् । तालिम शुक्रबारसम्म संचालन हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार