YCL तेह्रथुम संयोजकमा दिलविक्रम

नेकपा माओवादी केन्द्रको युवा संगठन योङ्ग कम्युनिष्ट लिग (YCL) को तेह्रथुम संयोजकमा दिलविक्रम लिम्बु चयन भएका छन् ।

तेह्रथुम, २४ फागुन

नेकपा माओवादी केन्द्रको युवा संगठन योङ्ग कम्युनिष्ट लिग (YCL) को तेह्रथुम संयोजकमा दिलविक्रम लिम्बु चयन भएका छन् । सदरमुकाम म्याङलुङमा सोमबार सम्पन्न  YCLको भेलाले लिम्बुको संयोजकत्वमा २७ सदस्यिय कमिटी गठन गरेको हो । तेह्रथुम स्थित नेकपा माओवादी केन्द्रको पार्टी कार्यालयमा सम्पन्न भेलाले कमिटीको सचिवमा विवेक योङहाङ चयन भएका छन् ।

भेला नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य एवं प्रदेश नं. १ YCL ईन्चार्ज एविराज राईको प्रमुख आथित्य तथा YCL का केन्द्रिय सदस्य तथा तेह्रथुम ईन्चार्ज छिरिङ लामाको संयोजकत्वमा सम्पन्न भएको हो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका १ नं. प्रदेश कमिटी सदस्य तथा YCL का १ नं. प्रदेश संयोजक डम्बर पुलामी(कर्मा) नेकपा माओवादी केन्द्रका तेह्रथुमर्का संयोजक ईन्द्र इम्सङ,प्रदेश कमिटी क्षेत्र न. ख इन्चार्ज चन्द्रमणी बराल (चिन्तन), , म्याङलुङ नगर कमिटी इन्चार्ज नारायण श्रेष्ठ, म्याङलुङ नगर कमिटी अध्यक्ष दिपक कटेल लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार