इलामको सन्दकपुरमा किसान सुचिकरण कार्यक्रम शुरु

इलाम : इलामको सन्दकपुरमा किसान सुचिकरण कार्यक्रम शुरु गरिएको छ । किसान सूचीकरण सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न पश्चात् सूचीकरणको काम थलिएको हो ।

गाउँपालिकाको कृषि विकास शाखाको आयोजना तथा कृषि ज्ञान केन्द्र इलामको प्राविधिक सहयोग तथा समन्वयमा किसान सूचीकरणको सफ्ट्वेयर सन्चालनका लागि गणकहरुलाइ तालिम दिईएको छ । पालिकामा पहिलो चरणमा वडा न १,२ र ४ मा कार्यक्रम सन्चालन हुने बताईएको छ ।

जिल्लाको अन्य स्थानिय तह सुर्योदय , इलाम नगरपालिकामा र माइजोगमाई गाउँपालिकामा यस अघि बाटै किसान सुचिकरण कार्यक्रम भइरहेको कृषि ज्ञान केन्द्र इलामका प्रमुख टोनी बर्देवाले जानकारी दिए ।


अहिले सम्ममा जिल्लाको तिन वटा स्थानिय तहहरु इलाम नगरपालिकामा १ हजार एक सय ५ जना, सुर्योदय नगरपालिकामा ७ सय ७ जना र माइजोगमाइ गाउँपालिकामा दुई सय २१ जना गरि जम्मा २ हजार ३३ जना कृषकहरु अनलाइन सिस्टमा समाबेश भइसकेको कृषि ज्ञान केन्द्र इलामको तथ्यांकमा रहेको छ ।

गणकहरुले घर दैलोमा पुगेर किसानहरुको बास्तविक तथ्याँक संकलन गरी अनलाइनमा राख्ने छन् । किसानले लगाएको बाली, जग्गाको अवस्था लगायतका कृषि तथा पशु पंक्षिको तथ्याँक समेटिने भएको छ ।


सरकारले किसानलाई दिने अनुदान नदाहोेरियोस र वास्तविक किसानलाई कृषि अनुदान प्राप्त गर्न कार्यक्रमले सघाउ पुर्याउने देखिएको छ । कृषि व्यवसाय प्रवद्र्धनका लागि किसानको अवस्था राष्ट्रिय स्तरमा पहिचान गर्न किसान सुचिकरण कार्यक्रम प्रभावकारी देखिएको छ । अन्तरकृया कार्यक्रम पालिकाका प्रमुख प्रसासकिय अधिकृत महेश राईको प्रमुख आतिथ्यता तथा कृषि ज्ञान केन्द्र इलामकाका प्रमुख टोनि बर्देवाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार