‘खेल क्षेत्रलाई राजनीतिबाट पृथक राख्नुपर्छ’: ओली

झापा । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले खेलकुदको विकासका लागि आफू सदैव लागि पर्ने बताए  । झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आयोजित झापा गोल्डकपको पाँचौं संस्करणको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले यस्तो बताएका हुन ।

अध्यक्ष ओलीले खेलकुद क्षेत्रलाई राजनीतिबाट पृथक राख्नुपर्ने बताउँदै एमालेले खेल क्षेत्रको विकासलाई विशेष महत्व दिएको दाबी गरे ।

खेलकुद क्षेत्रको विकास सबैको चासो, चिन्ता र उन्नतिको विषय भएको बताउँदै ओलीले झापा गोल्डकपको सफलताको कामना गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार