गाँजा सहित बेलबारीमा ३ जना पक्राउ

 


इलाम: मोरङ जिल्लाको बेलबारीमा लागूऔषध गाँजा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
हिजो दिउसो ११ बजे ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले बेलबारी नगरपालिका-४ बाट पुर्व तर्फ जाँदै गरेको को.२ ह ३२१५ नम्बरको अटोमा लुकाई छिपाई लादै गरेको ४ केजी गाँजा फेला पारे हो ।
लागूऔषध बोकेको अटो चालक धनकुटा आखिसल्ला १ घर भई हाल सुनसरी धरान १६ बस्ने ३३ बर्षीय केशरमान राई र अटोमा सवार धनकुटा महाभारत ५ घर भई हाल सुनसरी धरान ११ बस्ने २८ बर्षीय मनोज राईलाई प्रहरीले नियन्त्रणमा लिईएको हो । यसै गरी बेलबारी-९ का ३० बर्षीय अविनास खवासलाई गाँजा २०० ग्राम सहित घरबाटै पक्राउ गरिएको छ ।
गाँजा सहित पक्राउ परेका तीनै जना उपर थप अनुसन्धान भईरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार