पाँचथर: फिदिम नगरपालिका ७,रानिटारमा संचालित सहकारीहरुलाई सहकारी अनुशिक्षण तालिम गराइएको छ ।
विविध कारणले निष्क्रिय बनेका सहकारीलाई एकिकरण प्रक्रियामा लैजान र सकृय बनाउने उदेश्यले नगरपालिकाको सहकारी शाखाले आयोजना गरेको तीन दिनको तालिम विहिबार सम्पन्न भएको छ ।
कालिका कृषि सहकारी,पञ्चकन्या बचत तथा ऋण सहकारी,रानिटार कृषि सहकारी लगायतका २६ जना संचालक समिति र लेखा समितिका पदाधिकारीहरुको तालिममा सहभागीता रहेको थियो ।
नगरपालिका सहकारी शाखाका प्रमुख सरस्वती शिवाकोटीले सहजीकरण गरेको तालिम
पाँचथर जिल्ला सहकारी संघका उपाध्यक्ष रामप्रसाद बाँस्कोटाको अध्यक्षता सम्पन्न भएको थियो । उक्त तालिम
७ नम्बर वडाका अध्यक्ष गोपाल प्रसाद गुरुङको प्रमुख आतित्थ्यमा सम्पन्न भएको थियो ।