माङ्जाबुङमा डेरि संचालनका लागि सामाग्री प्रदान

पाँचथर: कुम्मायक गाउँपालिका २ माङ्जाबुङस्थित जनकल्याण सहकारी संस्थालाई डेरि संचालनका लागि १० लाख मूल्य बराबरको सामाग्री बुधबार हस्तान्तरण गरिएको छ ।

गुड नेबर्स इन्टरनेशनलको आर्थिक र प्राविधिक सहयोगमा मिलन केन्द्र नेपालद्धारा संचालित दुग्ध मूल्य विकाश परियोजना अन्तर्गत संचालित डेरि संचालन र कृषकका लागि आवश्यक सामाग्री हस्तान्तरण भएको मिलन केन्द्रका सल्लाहकार बहादुरसिं नेम्बाङले जानकारी दिए ।

संविधानसभा सदस्य तथा नेकपा (एमाले)का केन्द्रिय सदस्य अइन्द्र सुन्दर नेम्बाङको प्रमुख आतिथ्यता र कुम्मायक गाउँपालिका अध्यक्ष जय चेम्जोङ साथै उपाध्यक्ष सीता आचार्यको उपस्थितिमा सहकारी र किसानलाई सामाग्री प्रदान गरिएको हो ।

हस्तान्तरण कार्यक्रममा करिव १० लाख रुपैयाँ बराबरको सामाग्री उपलब्ध गराइएको मिलन केन्द्रका सल्लाहकार नेम्बाङले बताए । यस सहकारी र कृषकलाई गरि दुई वर्षको अवधिमा करिव एक करोड बराबरको सरसामान सहयोग प्राप्त भएको सहकारी संस्थाको अध्यक्ष राधा निरौलाले जानकारी दिइन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार