मेची राजमार्ग खन्दै छोड्दै

मेची राजमार्ग खन्दै छोड्दै

इलाम : नेपाल टेलिकमको अप्टिकल फाइबरबाट पूर्वी पहाडी जिल्ला जोड्ने काम लापारबाही पूर्वक हुँदा मेचीराजमार्गमा क्षति पुग्न थालेको छ । फाइबर बिच्छ्याउँदा सडकमा भएको क्षति टेलिकमले नै मर्मत गर्ने संझौता भएपनि सडक खनिएर त्यसै छोड्दा राजमार्गका घुम्ति र मोडहरुमा सवारी दूर्घटना समेत बढेको हो । नेपाल टेलिकमले अप्टिकल फाइबर बिच्याउने काम लापारबाहिक पूर्वक गर्दा मेचीराजमार्ग क्षति पुगेको छ । ३ वर्ष अघिबाट मेची राजमार्गमा फाइबर बिच्छ्याउने काम शुरु भएको थियो ।

राष्ट्रिय गौरवको आयोजना भनिएपनि निर्माण कम्पनीले राजमार्गमा नाला र मोडहरुमा खाल्टो खनेर छोड्दा सडकमा क्षति पुगेको हो । झापाको चारआलिबाट पाँचथरको फिदिमसम्म अहिले फाइबर बिच्छ्याउने काम भइरहेको छ । दक्षिण कोरियाको निर्माण कम्पनीले फाइबर बिच्छ्याउने कामको ठेक्का पाएपनि साइडमा नेपाली व्यवसायीले काम गर्दै आएका छन् । झापाको चारआलीदेखि इलाम बजारसम्मको ७५ किलोमिटर क्षेत्रमा फाइबर बिच्छ्याउन एकैपटक नाला खनेर छोडिएको थियो । जसले गर्दा वर्षातमा सडक धेरै क्षति पुगेको थियो । फाइबर काम लापारबाहि पूर्वक हुँदा सडक धस्सिने भत्किएपछि दूर्घटना समेत बढेको रोङ गाउँपालिका अध्यक्ष शमसेर राईले बताए ।

२ वर्षमा सक्नेगरि अप्टिकल फाइबर बिच्छ्याउने काम कोइयन कम्पनीलाई नेपाल टेलिकमले २०७५ सालमा ठेक्का दिएको थियो । काम गर्ने कम्पनीले राजमार्गको नाला खनेर छोड्दा अधिकासं सडक सडकमा पानी सिपेज क्षति पुगेको छ । अहिले ठाउँठाउँमा नाला पुरिएपनि राजमार्गको मोडहरुमा फाइबर क्रसिङ्ग गर्दा खनिएको खाल्टा त्यसै छन् । राजमार्गका मोडहरु खनिएको खाल्टा अहिले साना सवारीसाधनका लागि धराप बनेका छन् । अहिले घुम्ति र मोडहरुमा सडक खनिएर छोडिएकाले तत्काल मर्मत गर्न टेलिकमलाई पत्राचार गरिएको डिभिजन सडक इलामका प्रमुख बिदुर पोख्रेलले बताए ।

सडक डिभजिन इलामले राजमार्गमा फाइबर बिच्छ्याउन अनुमति दिनु अघि निर्माण कम्पनीबाट धरौटी रकम समेत लिएको छ । तर नेपाल टेलिकम र सडक विभागबिचको संझौतामा निर्माणका क्रममा भत्किएको सडक टेलिकमले नै मर्मत गर्ने  उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार