कांग्रेसमा गुटबन्दी र भागबण्डा रोकिन्छ : सभापति डम्बर खड्का

इलाम : नेपाली कांग्रेसका इलाम सभापति डम्बर खड्काले पार्टीमा गुटबन्दी र भागबण्डा हुन रोकिने बताएका छन् । बिहीवार इलाम सदरमुकामको इलाम नगरपालिकामा नगर स्तरिय क्षेत्रीय प्रतिनिधिहरुको भेलालाई सम्बोधन गर्दै सभापति खड्काले यस्तो बताएका हुन ।

उनले भने, ‘आफु निर्वाचित भएर आएको छोटो समयमा नै अन्य पार्टी पारीत्याग गरी नेपाली कांग्रेसमा १० हजार जनालाई प्रबेश गराईसकेको छु । याे अभियान निरन्तर जारी  राख्न कांग्रेसका सबै नेता कार्यकर्ता एक जुट भएर लाग्नु पर्छ । अब निर्वाचन नजिकिदो रहेकाले  हरेकले थप एक जना पार्टी कसरी प्रवेश गराउने भन्नेबारे सोच्नुहोला।’

सभापती खड्काले आगामी निर्वाचनबाट बहुमत हासिल गरेपछि पाँच वर्ष सरकार चलाएरै छाड्ने प्रतिबद्धता  जनाए । २०७४ सालमा नेकपाले बहुमत पाएर गरेको गल्तीबाट पाठ सिक्दै अघि बढ्ने उनको भनाइ थियो।

उनले भने, ‘यसपल्ट कांग्रेसले बहुमत पायो भने पाँच वर्ष देश चलाउँछ। २०७९ मा सरकारमा पुगेको कांग्रेस २०८४ सम्मै सरकार टिकाउँछ।  नेकपाले २०७४ मा बहुमत पायो, थेग्न सकेन। हामी अर्काको गल्तीबाट पाठ सिकेर अघि बढ्छौं।’ यसपल्ट कांग्रेसले बहुमतको उपयोग कसरी गर्नेसमेत सिकाउने उनको भनाइ छ। यस्तै उनले सम्बोधन गर्दै भने, ‘पार्टीमा हामी गुट भागबण्डा केही हुन दिन्नौँ, सिंगो कांग्रेस बनाएर चलाउँछौं।’ पार्टीको झगडाले जिल्लामा अप्ठ्यारो परिरहेको बताउँदै त्यस्तो हुन नदिन आफू कटिबद्ध रहेको उनले बताए ।

फरक प्रसङमा नेता खड्काले ३ सय ६५ दिनमा ३ सय ६४ दिन कांग्रेसहुने तर एक दिन निर्वाचनमा अर्कैलाई मतदान गरि कांग्रेसलाई पराजय गराउनेलाई यस पटक कारबाही गरेरै छोड्ने बताएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार