कांग्रेस पहिलो पार्टी बन्छ : युवा नेता स्नेही

इलाम : नेपाली कांग्रेसका युवा नेता प्रकाश रसाइली स्नेहीले आउदो निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्ने बताएका छन् । उनले अब कांग्रेसलाई स्थानिय , प्रदेश र सघिय निर्वाचनमा बियजी बनाउन सबै कार्यकर्ता एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका हुन् ।

बिहीवार इलाम सदरमुकामको इलाम नगरपालिकामा नगर स्तरिय क्षेत्रीय प्रतिनिधिहरुको भेलालाई सम्बोधन गर्दै सांसद रसाइलीले कांग्रेसलाई जिताउन आम नेता तथा कार्यकर्ता मतदाताको घरघरमा पुग्नुपर्ने बताएका हुन् ।

नेता रसाइलीले भने ‘म आफैँ यो समाजको पिँधबाट उठेर आएको व्यक्ति हुँ । डेमोक्रेसीमा समाजका हरेक व्यक्तिको मत समान हुन्छ । सबैको मतको अधिकार उतिनै हो,’ उनले भने, कांग्रेसले मात्र सबैको मतको कदर गर्ने भएकाले नै कांग्रेस जिताउन सबै एक ढिक्का भएर लाग्नुपर्ने बताए ।

यस्तै सो भेलामा नेताहरुले कांग्रेस एक ढिक्का भएर लागे इलामका सबै पालिकामा जित सुनिस्चित रहेको बताएका छन् । नेपाली कांग्रेस इलाम नगर समितिको आयोजनामा भएको भेलामा नेपाली कांग्रेस जिल्ला सभापति डम्बर खड्का ,पुर्ब सभापति हिमालय कर्मचार्य , पूर्व राज्यमन्त्री केशब थापा लगायतले आफ्नो मन्तब्य राखेका थिए । नेपाली कांग्रेस इलाम नगर समितिका सभापति तिर्थ गुरुङको अध्यक्षतमा सम्पन्न भएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार