शिवरात्री गोल्डकपको तयारी पूरा

माईजोगमाई : इलाम माईजोगमाई गाउँपालिकाकै पुरानो महाशिवरात्री मेलासँगै संचालन हुने शिवरात्री गोल्ड्कपको तयारी पूरा भएको आयोजक समितिले जनाएको छ । खुल्ला पुरुष नकआउट फुटबल खेल प्याङको लेउगैरीमा संचालन हुनेछ भने मेला पंचमी बजारमा लाग्ने छ ।

शिवरात्री गोल्डकप फागुन १७ गते देखि २२ गते सम्म संचालन हुँदैछ । कोरोना भाइरसको कारण लामो समयसम्म अन्य ठाउँ फुटबल खेल संचालन हुन नसकेको समयमा प्याङमा आयोजना हुने गोल्डकपले फुटबल खेलाडी र खेलप्रेमीमा उत्साह थपिएको छ ।

गोल्ड्कपमा २० टिमको सहभागी रहेको प्याङ खेलकुद समितिका अध्यक्ष विशाल राईले जनकारी दिए । यो वर्ष पुरस्कार राशी राम्रो रहेकोले टाढाको राम्रो/राम्रो खेलाडीहरु र टिमको उपस्थित हुने अनुमान आयोजकले गरेको छ ।

३५ वर्षदेखि निरन्तर बर्सेनि लाग्ने शिवरात्री मेलाको अवसर पारेर प्याङ खेलकुद समितिले बर्सेनि फुटबल खेलको आयोजना गर्दै आईरहेको छ । आयोजकले यो वर्ष अहिले सम्मकै धेरै राशीको पुरस्कार राखेको छ ।

महाशिवरात्री गोल्डकप बिजेतालाई एक लाख नगद र उपविजेतालाई नगद ५० हजार पाउनेछ ।

खेलतालिका :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार