रेडपान्डा र यलम्बरको प्रतिमा नयाँबजारमा अनावरण - Nayabulanda.com

रेडपान्डा र यलम्बरको प्रतिमा नयाँबजारमा अनावरण

इलामको नयाँबजारमा रेडपान्डा र यलम्बरको प्रतिमा अनावरण

इलाम : इलामको माइजोगमाई गाउँपालिकाको केन्द्र नयाँबजारमा आज एक कार्यक्रमका बिच विश्वमै लोपउन्मुख रेडपान्डा र किराँतहरुको प्रथम राजा यलम्बरको प्रतिमाको अनावरण गरिएको छ ।

माईजोगमाई गाउँपालिकाको चिनारीको रुपमा रहेको रेडपाण्डा बजारको चोकमा राखिएको छ । यलम्बर राजाको सम्झनामा नयाँबजारमा रहेका किराँतहरुको शाकेला थानमा यलम्बर राजा घोडामा चडेको प्रतिमाको एकसाथ माईजोगमाई गाउँपालिका अध्यक्ष जितबहादुर राइले अनावरण गरे । प्रतिमा अनावरण गर्दै अध्यक्ष राईले यी दुई चिनारीले माईजोगमाई गाउँपालिकाको पर्यटन प्रवर्धनमा थप सहयोग पुग्ने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार