इलाम :इलाम नगरपालिकाको फोहोर ब्यबस्थापन क्षेत्रमा लागेको आगो चौबिस घण्टा बितिस्क्दा पनि नियन्त्रण आउन सकेको छैन । इलाम नगरपालिकाको वडा नं ९ स्थित खाल्डेमा रहेको उक्त क्षेत्रमा शनिबार दिउसो बाट आगलागी सुरुभएको थियो । फोहोरमा लागेको आगो नियन्त्रणका लागि इलाम नगरपालिकाले प्रयास गरिरहेको भएपनि आगलागी भएको क्षेत्र भिरमा रहेकाले आगो निभाउन नसकिएको इलाम नगरपालिकाका सुचना अधिकारी रामकुमार शाहले बताए ।
तर यता आगलागीका कारण स्थानिय भने समस्यामा परेका छन् । प्लाटीकको गन्ध सहितको धुवाले बस्ती पुरै ढाकेपछि स्थानियको स्वास्थमा समस्या देखा पर्न थालेको छ । आगलागी सुरु भएको लामो समय बितिसक्दा समेत आगो निभाउ सरोकार वाला निकायले खासै वास्था नगरेको स्थानियको भनाई छ । स्थानियले सामाजिक संजालमा धरैले आक्रोश समेत पोखेका छन् । उनिहरुले यो इलाम नगरपालिकाको लापरबाही हो समेत भनेका छन् ।
अहिले फोहेर ब्यबस्थापन क्षेत्र नजिकै रहेको बस्तिमा प्रदुशित धुवा र गन्दका कारण बालबालीका र जेष्ठ नागरिकहरु बढि प्रभाबित बनेका छन् । इलाम नगरपालिकाले खाल्डे क्षेत्रमा नगरभित्र संकलित फोहोरलाई ब्यबस्थित ब्यबस्थापन गर्ने भन्दै आएता पनि खुल्ला स्थानमा नै फोहोर फाल्ने गरेको छ ।
यसैले पनि उक्त स्थानमा बषेर्नी आगलागी हुने गरेको छ । अहिले भइरहेको आगलागी कसरी भयो भन्ने अझै खुल्न नसकेको नगरपालिकाले जनाएको छ ।