सङ्खुवासभाको महेन्द्र माध्यमिक विद्यालयको ६५ औँ बार्षिक उत्सव सम्पन्न

  प्रमिशा घिमिरे
210 Shares

सङ्खुवासभा : सङ्खुवासभाको खाँदबारी नगरपालिका– ३ मानेभञ्याङमा रहेको महेन्द्र माध्यमिक विद्यालयले ६५ औँ बार्षिक उत्सव तथा अभिभावक दिवस भव्यताका साथ सम्पन्न गरेको छ । बिद्यालयको प्राङगणमा आयोजित बार्षिक उत्सब कार्यक्रम दुई चरणमा सञ्चालन भएको थियो ।

पहिलो चरणमा कक्षा नर्सरी देखि कक्षा १२ सम्मका र प्राबिधिक धार तर्फका गरि १ सय २१ जना विद्यार्थीहरुलाई अक्षयकोष छात्रबृत्ति बितरण ,कक्षा गत उत्कृष्ठ तथा जेहेन्दार बिद्यार्थीलाई पुरस्कार बितरण गर्नुका साथै बिभिन्न सांस्कृतिक नृत्य समेत प्रस्तुत गरिएको थियो । विद्यार्थीहरुलाई २ लाख १४ हजार ५ सय बराबरको पुरस्कार प्रदान गरिएको बिद्यालयका प्रधानाध्यापक मेदिनी घिमिरेले जानकारी दिनुभयो ।

दोस्रो चरणमा प्रमुख अतिथी जिल्ला सम्वन्वय समितिका उपप्रमुख अम्बिका खवास, विशिष्ट अतिथि खाँदबारी नगरपालिकाका प्रमुख मुरारिप्रसाद खतिवडा, वडा न– ३ का वडाध्यक्ष भरत कुमार घिमिरे, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जितबहादुर घिमिरे, उपस्थित अन्य विद्यालयका शिक्षक लगायतले बोल्नुभएको थियो । विद्यालयको बार्षिक प्रतिबेदन बिद्यालयका प्रधानाध्यापक मेदिनी घिमिरेले प्रस्तुत गर्नुभएको थियो ।

विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म जम्मा ८३३ र प्राबिधिक धार तर्फ १३७ र सुस्तश्रवणमा १३ जना विद्यार्थी रहेकोमा धेरै जसो जनजाति रहेको विद्यालयले जनाएको छ । विद्यालयमा स्थापना भएको ५० वटा अक्षयकोष मध्ये४९ वटा अक्षयकोषमा २८ लाख ९५ हजार ३ सय ६१ रुपैँया रकम जम्मा भएको स्कूलले जनाएको छ । उत्सवकैे अवसरमा ३ लाख रुपैयाँ बराबरको ३ वटा अक्षयकोष समेत घोषित भएको प्रधानाध्यापक घिमिरेले बताउनुभयो । कार्यक्रममकै अबसरमा विद्यालयले ९ जना शिक्षक शिक्षिकलाई समेत पुरस्कृत गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार