इलामको चुलाचुलीमा १ सय ५० जना कांग्रेस प्रवेश, सभापती खड्काले गरे स्वागत

No description available.

इलाम : इलामको क्षेत्र नं २ अन्र्तगत चुलाचुली गाँउपालीका वडा नं १ मा ५० घर १५० बढी कांग्रेसमा प्रबेश गरेका छन। उनिहरु बिभिन्न पार्टी परित्याग गरि नेपाली काङ्ग्रेसमा प्रवेश गरेका हुन। नवप्रवेशीहरुलाई नेपाली काङ्ग्रेसका जिल्ला सभापति युवा नेता डम्बर खड्काले भब्य स्वागत गरेका छन।

नेपाली कांग्रेसमा प्रवेश गर्नेहरुमा अमृता शेर्मा ,चन्द्र प्रकाश दाहाल , मन कुमार धिमाल , रोशन राइ दिपक राया , निशान गजमेर , अरुण योङहाङ, इशा योङहाङ,दुर्गा मिश्र राजु थामसुहाङ,,डिक बहादुर लिम्बु , गजिन फागो,, संजय श्रेष्ठ रुद्र बिष्ट , राजु खालिङ प्रविन पाख्रिङ, यज्ञ प्रसाद काफले मन बहादुर थुलुङ राई केशव आचार्य इन्दिरा राई लक्ष्मी राई दिपा फागो देउमान लावती , नर बहादुर कुलुङ लक्ष्मण तामाङ रमिला पाठक लगायत रहेका छन।

नव प्रवेशी हरुलाई सम्बोधन गर्दै सभापति खड्काले प्रजातन्त्र र बिकासको पहरेदार कांग्रेस मात्र भएको भन्दै उनले नेपाली जनताले दिएको दुई तिहाइ मतको समेत बेवास्ता गर्ने पाटीलाई अब नेपाली जनताले चिन्नु पर्ने दिन आएको बताए। उनले कांग्रेस पार्टि मात्र नेपाली जनताको अधिकार र स्वतन्त्रताको रक्षा गर्ने भएकोले सम्पूर्ण जनताले यहि पाटी रोज्नुको बिकल्प समेत रहेको बताए । फरक प्रसंगमा सभापति खडकाले २७ बर्ष यस क्षेत्रबाट बिजयी भइ देशको उच्च आहोदामा बस्ने कम्युनिष्ट नेतृत्वले जनताको लागी केहि गर्न नसकेको शिक्षा स्वास्थ्य रोजगार र सडकको बिकाशमा ध्यान नपुर्याएको हुँदाम आगामी दिनमा यस्तो जनतालाई ढाँटने नेतृत्वबाट जनता सजग हुनु पर्ने बताए।

वडा सभापति मोति फागोको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाली कांगे्रस जिल्ला सभापति डम्बर बहादुर खड्का महासमिति सदस्य श्याम खडगी ,महाधिवेन प्रतिनिधि शान्तिकला तामाङ जिल्ला सदस्य राजेन्द्र शर्मा , गणेश फागो ,बिना बस्नेत गाउकार्यसमिति सभापति राजेन्द्र केरुङ पुर्व जिल्ला सदस्य सुवास आङथोपो प्रदेश ख का उपसभापति पदम एवा प्रदेश सदस्य याङ डोल्मा फागो पुर्व चुलाचुली सचिव त्रिलोचन गौतम लगायतको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार