इलाम अस्पतालमा डाइलोसिश मेशिन चलाउने पहल

इलाम — खर्च अभावमा कसैको पनि ज्यान नजाओस भन्ने उदेश्यले स्थापित ‘इलामका सहयोगीहरुतहरु’ नामक संस्थाले इलाम अस्पतालमा रहेको डाइलोसिश मेशिन चलाउन पहल थालेको छ । मृगौलाको परीक्षणकालागि आवश्यक डाइलोसिश मेशिन धरानको रोटरी क्लव मार्फत १ वर्षअघि नै ३ वटा उपलब्ध भएका थिए ।

तर दक्ष जनशक्ति र आर्थिक अभावमा सञ्चालनमा आउन सकेको छैन । संस्थाले जिल्लास्थित सरोकारवालाहरुबीच अन्तकृया गर्दै तत्काल धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रमा इलाम अस्पतालका प्राविधिकलाई मेशिन सञ्चालनकालागि तालिम लिन पठाउने निर्णय गरेको छ । सोहि वैठकमार्फत संस्थाका अध्यक्ष रतनलाल चौधरीले मेशिन चलाउनकालागि प्रति महिना ५ हजारका दरले ५ वर्षसम्म दिने घोषणा गरे ।

‘उपकरण भएर पनि प्रयोगमा नआउदा धेरैले झन्झट खेप्नु परेको छ,’ उनले भने, ‘जसरी भए पनि जिल्लामा नै सेवा दिने पहलमा लागेका छौं ।’
२०७३ सालमा स्थापित सहयोगी हातहरुले न्यून आयस्तर भएका २ सय ५० भन्दा धेरैलाई उपचार सहयोग पुर्याई सकेको छ । संस्थाको कोषमा ४५ लाख रुपैया“ भन्दा धेरै रकम जम्मा छ ।

यहि कोषमा पछिल्लो पटक स्थानीय मनकुमारी उप्रेतीले ५० हजार रुपैया“ सहयोग गरेकी छिन् । संस्थाको पहल भएको वैठकमा समन्वय समितिका प्रमुख गणेश वराल, इलाम नगरपालिकाका मेयर महेश वस्नेत, प्रमुख जिल्ला अधिकारी माधव ढुङ्गाना, अर्बुध रोग निवारण संस्थाका अध्यक्ष हिमालय कर्मचार्य लगायतको उपस्थिती थियो ।अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रभु शाहले तत्काल एक जना स्वास्थ्यकर्मीलाई तालिमकालागि पपठाउने तयारी भइरहेको जनाए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार