ज्योती विकास वैंकको शाखा इलाममा

  नयाँ बुलन्द  250 पटक हेरिएको

 


इलाम — ज्योती विकास वैंकले शुक्रवारदेखि इलामवाट सेवा सुरु गरेको छ । इलाम सदरमुकामस्थित चोक वजार नजिक वैंकको शाखा स्थापना भएको हो । २०६५ सालमा स्थापित वैंकले यो स“गै देशभर १ सय १२ शाखा सञ्चालन गरको छ । नेपाल राष्ट्र वैंकवाट ‘ख’ वर्गको इजाजत प्राप्त वैंकले जिल्लाका ग्रामिण भेगसम्म सेवा प्रदान गर्ने जनाएको छ ।

‘गोरोटो बाटोले छोएको घर पनि धितो पुग्ने भए ५० लाख रुपैया“सम्म लगानी गर्ने योजना छ,’ मार्केटिङ प्रमुख वसन्त दाहालले भने । यो शाखा प्रदेश १ को पहाडी जिल्ला मध्ये दिक्तेलपछि दोस्रो हो । वैंकको तराई क्षेत्रमा विर्तामोड, दमक, पथरी, खोर्साने, विराटनगर, इटहरी, गाइघाट, कटारी, झुम्का र धरानमा शाखा रहेका छन् । वैंकले सरल र सहज ढंगले कम सेवा शुल्कमा सेवा प्रभाव गर्ने इलाम शाखाका प्रवन्धक अम्विका ढकालले वताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार