इलामको सुकिलुम्बा विमानस्थलबाट नियमित उडानका लागि सरोकारवालाद्वारा चिन्ता ब्यक्त

इलाम : इलामको सुकिलुम्बा विमानस्थलबाट बुधबारदेखी ब्यवसायिक उडान सुरु भएको छ । नियमित उडानका लागि सरोकारवालाले चिन्ता ब्यक्त गरेका छन् । हाल इलाम काठमाण्डौको आठ हजार सात सय भाडादर कायम गरिएको छ ।  तारा एयरको बिमानले उडान सुरु गरेको हो । पहिलो दिन ११ जना यात्रु सहित आएको बिमानले जाँदा १५ जना यात्रु लिएर फर्किएको छ । २०६८ सालबाट निर्माण सुरु भएको बिमान स्थालमा १० वर्ष पछि ब्यवसायिक उडान सुरु भएको हो । इलाम नगरपालिकाको पहलमा तारा एयरले ब्यसायिक उडान भर्न सुरु गरेको हो । जसका लागि हप्ताको दुई दिन उडान हने छ । आइतबार र बिहिबार उडान हुने जनाइएको छ । यस अघि धावनमार्ग पक्की नभइ तारा एयरले २०७५ सालामा परिक्षण उडान गरेको थियो । र धावनमार्ग पक्की भएपछि गएको १५ दिन अधि समेत नेपाल बायुसेवा निगमको विमानले परीक्षण उडान गरेको थियो ।

गएको फागुन एक गते बिमानस्थलको पूर्व प्रधानमन्त्री झलनाथ खनाल र संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेमबहादुर आलेले उद्घाटन गरेका थिए । त्यसपछि बिमानस्थलमा ब्यवसायिक उडान सुरु भएको छ । इलाम नगरपालिका वडा नम्बर ९ स्थित नवनिर्मित फाल्गुनन्द सुकिलुम्बा बिमानस्थल परिक्षण उडान पछि ब्यवसायिक उडानका लागि योग्य ठहरिएपछि उडान सुरु गरिएको हो ।

रात्री र दिवा सेवामा बस तथा साना सवारी सञ्चालन हुँदै गरेको इलामका लागि अब काठमाण्डौको यात्रा छोटिएको छ । अब एक घण्टामा नै चियाको राजधानी र नेपालको राजधानी जोडिएको छ । प्राविधिक हिसावले समेत यो बिमान स्थल उपरयुक्त भएको पाइलट प्रभाकर घिमिरेले बताए ।

पर्यटन ब्यवसायको बिकासका लागि यो बिमान स्थल महत्वपुर्ण हुने नेपाल पर्यटन बोर्डका उपाध्यक्ष बिनय शाहले बताए । उनले यस बिमान स्थलमा नियमित बिमान उडाउन जिल्लाबासीको सहयोग महत्वपुर्ण रहने बताए । पर्यटकिय जिल्ला भएकाले छिमेकी जिल्ला भारतसँग गजोडिएर समेत पर्यटक आउने भएकाले बिमान स्थल राम्रोसँग सञ्चालनमा आउने उहाँले बिश्वास ब्यक्त गरे ।

तारा एयरसँग इलाम नगरपालिकाले हरेक उडानका लागि ११ जना यात्रु खोज्नु पर्ने सम्झौता भएको छ । यदि ११ जना यात्रु नभए सो ११ जना यात्रु बराबरको टिकटको रकम ब्यहोर्ने सम्झौता गरिएको छ । ७ सय मिटर लम्बाइ र ६० मिटर चौडाइको धावनमार्ग सहितको विमानस्थलको शिलान्यास २०६८ सालमा गरिएको थियो । समुद्र सतहबाट १ हजार १ सय ५० मिटर उचाइमा रहेको उक्त स्थानमा प्राय घाम लागिरहने भएकोले विमानस्थलका लागि उपयुक्त भएको बताइएको छ । यो बिमानस्थलले पूर्वी पहाडी जिल्ला र सीमापारी भारतको दाजिलिङ, सिक्किम लगायतका बासिन्दाका लागि सहज हुने अपेक्षा लिइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार