इलाम : इलाममा निर्माण भइरहेको साना सहरी खानेपानी आयोजनाको ९० प्रतिशत काम सक्किएको छ । एसियाली विकास बैंक (एडिबी) को सहयोगमा निर्माण भइरहेको सहरी खानेपानी आगामी चैत महिना भित्र उपभोक्ताका घर÷घरमा पानी झार्ने गरि काम भइरहेको उपभोक्ता समिति अध्यक्ष केदार थापाले बताए ।
थापाले नगरपालिका भित्र रहेका सडकहरु निर्माणले वितरण पाइपमा केही क्षति पुगेकोले पुनः मर्मत गर्ने तयारी रहेकाे बताए । उनका अनुशारअब क्रमशः रिर्जव टंकी र वितरण लाइनहरुमा परिक्षणका लागि पानी छोड्दै जाने जानकारी दिए ।
करिब चार हजार घरधुरीलाई खानेपानी पु¥याउने लक्ष्य राखिएको आयोजनामा हाल सम्म २८ सय धारा जडान गरिसकिएको उपभोक्ता समितिले जनाएको छ । ८४ करोड करोड ७९ लाख १८ हजार छ सय १५ रूपैयाँ कूल लागत रहेको आयोजनाको निर्माणका लागि भने ५७ करोड ९५ लाख रुपैयाँको सम्झौतामा आयोजनाको काम भइरहेको बताइएको छ ।
आयोजनाको कुल लागतको ७० प्रतिशत रकम एडिबीले बेहोर्नेछ । सुरुको लागतको अनुमानित रकम ५ प्रतिशतले हुन आउने ४ करोडभन्दा बढी कम उपभोक्ताले जम्मा गरेका थिए । यो आयोजनाको पानी आएपछि इलाम बजार र आसपासका क्षेत्रका उपभोक्ताले चौबीसै घण्टा पानी प्राप्त गर्नेछन् ।
एसियाली विकास बैंक (एडिबी)को मुख्य लगानी रहेको आयोजनाको रमण कन्स्टूक्सन एन्ड जिआइइटिसी जेभीले काम गरिरहेको छ ।
४१ किलोमिटर आयोजनाको प्रसारण लाइन हुनेछ । आयोजना अन्तर्गत इलाम नगरपालिका ६, ७, ८ र ९ का नगरका ४ हजार १ सय धारामा चौबीसै घण्टा खानेपानी आउने छ । आयोजनाको लाभान्वित संख्या २०१९ मा २८ हजार एक सय ७२ र २०३९ मा ३९ हजार आठ सय ६० जनसंख्या प्रक्षेपण गरिएको थियो ।