कम्युनिस्टले झुठकाे खेती गरे : सभापति खड्का

अग्रजलाई सम्मान युवालाई प्राेत्साहन नारा सहित माईजाेगमाईमा जेष्ठ नागरिकलाई सम्मान

  नयाँ बुलन्द
567 Shares

इलाम : अग्रजलाई सम्मान युवालाई प्राेत्साहन नारा सहित माईजाेगमाईमा जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । गाउँपालिकाको वडा न २ ले कांग्रेसका जेष्ठ नागरिक पुर्व सभापतिहरूलाई सम्मान गरेको हो ।

देशमा काङ्ग्रेसकाे नेतृत्वमा प्रजातन्त्रकाे दियाे बलेकाे फागुन ७ अर्थात प्रजातन्त्र दिवशकाे अवशर पारेर उनीहरुलाई सम्मान गरेकाे छ ।

माईजाेगमाई २ वडा कार्यसमिति साथै कांग्रेस निकट जनप्रतिनिधि युवा लगायत द्वारा आयाेजना गरिएकाे उक्त कर्यक्रममा
७० बर्ष उमेर समुह माथिका अग्रजहरूलाई दाेसल्ला सहित सम्मान पत्रले सम्मान गरिएकाे थियाे ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस जिल्ला सभापति डम्बरबहादुर खड्काले कम्युनिस्टले झुठकाे खेती गरेर बृद्धअवस्थामा रहेका अग्रजहरूलाई भत्ताकाे भ्रममा पारी कुराजनिति गरेकाे तर्क राखेका थिए । साथै खड्काले जेष्ठ नागरिकहरुलाई दुख परेका बेला आफुले सकेसम्मकाे साहयता दिने बचन समेत ब्यक्त गरे ।

कार्यक्रममा वडा अध्यक्ष, जिल्ला सदस्य, केन्द्रीय महाधिवेशन प्रतिनिधि ,क्षेत्रीय कार्यसमेति, प्रदेश कार्यसमेतिका सदस्यहरू सहित कांग्रेसका सयौ कार्याकर्ताको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार